सखुवानन्कारकट्टी गाँपालिकाको बजेट करिब १९ करोड

0
Shares

फिरोज सिद्दिकी, सिरहा । ‘कृषि, शिक्षा, पर्यटन, स्वास्थ्य, संचार र पूर्वाधार, सखुवानन्कारकट्टी गााउपालिकाको समृद्धिको आधार’ भन्ने मूल नाराका साथ सिरहाको सखुवानन्कारकट्टी गाँपालिकाले प्रथम गाँउ सभा सम्पन्न गरि १८ करोड भन्दा बढीको बजटे सार्वजानिक गरेको छ ।

सम्पन्न गाउँसभाबाट आर्थिक वर्ष २०७४÷७५ को लागि निर्धारण गरिएको बजेटमा कूल आन्तरिक आय २३ लाख ३० हजार अनुमान गरिएको छ भने गत वर्षको बैंक मौजदात ५८ लाख १५ हजार ७६६ रुपैया र नेपाल सरकारबाट प्राप्त वित्तय समानीकरण अनुदानबाट ११ करोड ९९ लाख ४५ हजार, सशर्त अनुदान ६ करोड ३ लाख ४४ हजार गरी जम्मा १८ करोड ८४ लाख ३४ हजार ७६६ रुपैयाको बजेट सिमा निर्धारण गएिको पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो ।

गाउँ सभाले आर्थिक वर्ष २०७४÷०७५ को नीति तथा कार्यक्रम, बजेट मार्फत यस गाउँपालिकाको विकास र समृद्धिका लागि दुरगामी सकारात्मक प्रभाव पर्ने विभिन्न ऐन कानून तथा प्रस्तावहरु र भौतिक विकास निर्माणको लागि महत्वपूर्ण निर्णय गरेको गाउँपालिका अध्यक्ष केदारनाथ यादवले जानकारी गराउनु भयो ।

पाँच वडा रहेको यस गााउपालिकाको वडा स्तरीय कार्यक्रमका लागि २ करोड ९० लाख, सर्शत अनुदान कृषि, पशु, शिक्षा र स्वास्थ्यमा ६ करोड ३ लाख ४४ हजार बजेट विनियोजन गरी नमूना गााउपालिका बनाउने लक्ष्यको साथ अगाडि बढेको जिल्लाकै कान्छो अध्यक्ष यादवले सवै दललाई बजेटमा सहमति गराएर नगरसभा सम्पन्न गरेको बताउनु भयो ।