सन्तुष्ट नभएसम्म ड्रोन हमला जारी रहने ः अमेरिका


इस्लामाबाद (एजेन्सी)
अमेरिकाले पाकिस्तानलाई कट्टरपन्थी समुह विरुद्ध इस्लामाबादको कारवाहीलाई लिएर सन्तुष्ट नभएसम्म ड्रोन हमला जारी रहने प्रष्ट पारेको छ। हालै मात्र पाकिस्तानले दावी गर्दै अमेरिकाले उसको कुर्रम इलाकामा ड्रोन हमला गरेको र त्यसमा हक्कानी नेटवर्कका नेता सहित २ वा ३ जना मारिएको जनाएको थियो। यद्यपी अमेरिकाले उक्त दावीलाई अस्विकार गरेको थियो।

अमेरिकाले ड्रोन हमलापछि पाकिस्ताको विरोधलाई खारेज गरेको विदेश मन्त्रालयका वरिष्ठ अधिकारीले बताएको पाकिस्तानको द नेसन अखबारले जनाएको छ। पाकिस्तानले सबै कट्टपन्थी समुह विरुद्ध कडा कारवाही अगाडी बढाएर यस प्रकारको हमला अन्त्य गर्न सक्ने अमेरिकाले जानकारी दिएको उनले बताए।

अमेरिकाका अनुसार पाकिस्तानले केहि आतंवादी समुहलाई आश्रय दिइरहेको र दोहोरो खेल खेलिरहेको छ। अमेरिकाले पाकिस्तानले उसलाई यस मुद्दामा सन्तुष्ट पार्न पर्छ भन्ने चाहेको वासिंगटसँग हालै भएको वार्ताका आधारमा एक अधिकारीले बताए। तर उसलाई सन्तुष्ट गर्नु त्यति सहज होला भन्ने आफुलाई नलागेको उनले बताए।

पाकिस्तानी पक्षले अमेरिकालाई ड्रोन हमलापछि पाकिस्तानमा उत्पन्न भएको आक्रोसका बारेमा अवगत गराएको ती अधिकारीले जानकारी दिए। पाकिस्तानीहरू ड्रोन हमला विरुद्ध सैन्य कारवाही चाहेका छन्। यसले पाकिस्तान र अमेरिकाबीच उत्पन्त तनाव बढ्न सक्ने उनले बताए। अहिलेसम्म उनीहरूले पाकिस्तानलाई कुनै सकारात्म प्रतिक्रिया नदिएको पनि उनले जोडे।