नेपाल समाचारपत्र, ललितपुर ।
स्थानीय तहले सार्वजनिक विद्यालयले दिँदै आएको शिक्षालाई थप गुणस्तरीय बनाउनेसंगै यसलाई हेर्ने दृष्टि बदल्न सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ ।
ललितपुर महानगरपालिका वडा नं १२ टंगलमास्थित मिननाथ आदर्श शिक्षा सदन आधारभूत विद्यालय ललितपुर दोस्रो पूर्व विद्यार्थी भेलाका सहभागीहरुले सो जोड दिएका हुन् । जिल्ला शिक्षा कार्यालय स्थानीय तहमा गाभिएसंगै अब शिक्षालाई गुणस्तर, सार्वजनिक विद्यालयको व्यवस्थापन र समग्र प्रणाली सुधार्ने संगै शहरबजारमा यसलाई हेर्ने दृष्टि सकारात्मक बनाउन सशक्त भूमिका निर्वाह गर्नुपर्ने पनि उनीहरुको जोड रहेको छ ।
सो भेलाको उद्घाटन ललितपुर महानगरपालिकाका उपप्रमुख गीता सत्यालले गर्नुभयो । पूर्व विद्यार्थी भेला आयोजक समितिका संयोजक कविन्द्रराज ताम्राकारको सभापतित्वमा सो भेला भएको थियो ।
सो कार्यक्रममा ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जन अरनिको सांस्कृतिक तथा व्यापारिक समाजका अध्यक्ष अजरमान जोशी, ललितपुर महानगर पालिका वडा नं. १२ का अध्यक्ष नारायण लाल अवाले, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कल्याण कृष्ण ताम्रकार लगायतले सार्वजनिक दिने शिक्षालाई गुणस्तरीय बनाउँदै यसलाई हेर्न दृष्टि सकारात्मक बनाउनुपर्नेमा जोड दिँदै आ आफ्नो भनाई राख्नुभयो ।
सो अवसरमा विद्यालयलाई आर्थिक तथा भौतिक सहयोग गर्नुहुने पूर्व विद्यार्थी, शिक्षक, विभिन्न संघ संस्थाहरुलाई कदर तथा सम्मान गरियो । कार्यक्रममा पूर्व विद्यार्थीहरु तथा अध्ययनरत विद्यार्थीहरुबाट साँगितिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।











प्रतिक्रिया