धनुषामा टाटासुमो दुर्घटना: ६ जनाको मृत्यु, (नामावली)



धनुषा । धनुषामा टाटासुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।  जिल्लाको गणेशमान चारनाथ नगरपालिकामा टाटासुमो दुर्घटना भएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेमा संखुवासभाका–२९ बर्षीय नवराज दुमी, विराटनगरकी –३५ बर्षीय शारदा रेग्मी दाहाल, खोटाङका– २७ बर्षीय ज्ञानबहादुर चौहान, मोरङका– ३५ बर्षीय प्रलाहद न्यौपाने, मोरङकै– ४० बर्षीया श्यामकुमार राजभण्डारी र पाँचथरका ३१ बर्षीया प्रनिता राई रहेका छन् ।
बा९च ३३१४ नम्बरको टाटासुमोमा ड्राईभर सहित ११ जना सवार रहेका थिए । पाँच जना घाइते भएका छन् । घाइतेको जनकपुर अञ्चल अस्पतालमा उपचार भईरहेको छ ।

धनुषाको गणेशमान चारनाथ नगरपालिका कमलापुर नजिकै काठमाडौंबाट झापाको लागि छुटेको टाटासुमो दुर्घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस्