कालिकोटमा फैलिएको भाइरल इन्फ्लुएन्जा प्रमाणित, १९ वटा विद्यालय वन्द



कालीवहादुर मल्ल, कालिकोट । यहा एक महिनो देखि महामारिको रुपमा फैलिएको मौशमी ज्वरोका बिरामीहरुको ल्याव परिक्षण गर्दा भाइरल इन्फ्लुएन्जा भएको प्रमाणित भएको छ । खाँडाचक्र–४ ताडीस्थित दलित टोलका ६ जनाको घाँटीको पानी ल्याव परीक्षणका काठमाडौंस्थित राष्ट्रिय प्रयोगशालामा पठाइएकोमा सबैमा भाइरल इन्फ्लुएन्जा भेटिएको हो ।

एउटै गाउँबाट ६ वटा नमुना पठाइएकोमा सबैमा भाइरल इन्फ्लुएन्जा देखिएको जिल्ला स्वास्थ्य प्रमुख डा. कौशल अलीले बताए । ‘ल्याब परीक्षणमा ६ जनाकै नमुनामा भाइरल पोजेटिभ भेटियो ।’ उनले भने, ‘दुईजनामा बी पोजेटिभ र ४ जनामा ए एच थ्री पोजेटिभ पाइएको हो ।’ इन्फ्लुएन्जा भए पनि हाल खाडाचक्र–२ मा पूरै नियन्त्रणमा आइसकेको र ४ ताडीमा पनि ९० प्रतिशत पुराना बिरामी निको भइसकेको अलिले बताए ।

‘ल्याब परीक्षणका लागि घाँटीको पानी पठाइएका मध्ये ५९ वर्षीय मनसरे विकबाहेक ५ जनालाई सञ्चो भइसकेको छ ।’ उनले भने,‘महामारी फैलिएको ठाउँमा नियन्त्रण भइसकेको छ ।’ यस्तै जिल्लाभरी फैलिएको भाइरल इन्फ्लुएन्जा नियन्त्रणमा नआएपछि प्रभावित क्षेत्रका १९ वटा विद्यालय चार दिन सम्मका लागि वन्द गरिएको प्रमुख जिल्ला अधिकारी वद्रीनाथ गैरेले वताएका छन । उनका अनुसार जिल्लाको सान्नित्रिवेणी गाँउपालिका,खाँडाचक्र र तिलागुफा नगरपालिकाका विद्यालयहरु वन्द गरिएका हुन ।

भाइरल ज्वरो र निमोनियावाट ६ जनाका मृत्यु भइसकेको छ भने १५ सय विरामी परेका छन ।

प्रतिक्रिया दिनुहोस्