गायक रमेश ताम्राकार रहेनन्



काठमाडौं । प्रसिद्ध गायक तथा संगीतकार रमेश ताम्राकारको हृद्यघाटबाट हिजो बिहीबार बेलुकी निधन भएको छ । बिहीबार बेलुकी अचानक छाती दुखेको शिकायत गरेपछि उहाँलाई बल्खुस्थित वयोधा हस्पिटल लगेपनि चिकित्सकहरुले अस्पताल पुग्नु अघि नै उहाँको निधनभइसकेको जानकारी गराएको बताइएको छ ।

मधुमेहबाट पीडित ताम्राकार साँस्कृतिक संस्थानका दोस्रो महाप्रवन्धक हुनुहुन्छ । उहाँ पछि मात्र स्वर्गीय नारायण गोपाल साँस्कृतिक संस्थानको महाप्रवन्धक नियुक्ति हुनु भएको थियो । चर्चित गायिका लोचन भट्टराईलाई ताम्राकारले नै पहिलो पटक साँस्कृतिक संस्थानमा जागिर ख्वाउनु भएको थियो । संघर्षको बेलाआफूलाई पहिलो पटक रोजगारी दिने गायक ताम्राकारको निधनको खबरले स्तब्धहुनुभएका गायिक भट्टराईले आज विहान न्यूज अफ नेपालसँगको कुराकानीमा बजेटको अभावमा त्यो बेला कर्मचारीलाई तलब ख्वाउन नसकिने अवस्थामा कलाकारलाई भोकै राख्न नहुने भन्दै ताम्राकारले आफू गोजीबाट कलाकारलाई तलबदिने स्मरण गर्नुभएको थियो ।

गायिकातारा थापासँगगाउनु भएको यादै यादमाअल्झियो…..,

गायिका ज्ञानु राणासँग गाउनु भएको

हीरा के हो चिन्नलाई….., ईशारा जोडिदियौ तिमी…..

जस्ताकालजायीगीतकागायकताम्राकारले दर्जनौं लोकप्रिय नेवारी गीतहरुसमेत गाउनु भएको छ । उहाँले धेरै नेपाली र नेवारी गीतहरुमाआफै संगीतसमेत दिनु भएको छ । गायक ताम्राकार यसैवर्ष नातिकाजी राष्ट्रिय संगीतबाट समेत सम्मानितहुनुभएको थियो । तर, राष्ट्रपति विद्यादेवी भण्डारीको समय अभावका कारण दुर्भाग्यले जिउँदै यति ठूलो सम्मानबाट सम्मानित हुने अवसरबाट उहाँ बञ्चितहुनुपरेको छ ।

काष्ठमण्डपमा जन्मनु भएका ताम्राकारकी धर्मपत्नी काम विशेषले हाल नयाँदिल्लीमा हुनु भएको र छोरो सगुन ताम्राकार पनि अमेरिकामारहेकाले उहाँहरु काठमाडौं आइपुगेपछि मात्र उहाँको दाह सँस्कार गरिने पारिवारिक स्रोतले बताएको छ । करिव ६५ वर्षीय ताम्राकारको शबलाई अहिले शिक्षण अस्पताल महाराजगंजमा लाने तयारी भइरहेको पनि पारिवारिक स्रोतले जानकारी गराएको छ ।

उहाँकी धर्मपत्नी आज शुक्रबार काठमाडौं आइपुग्ने भएपनि छोरो सगुन भोलि शनिबार मात्र काठमाडौं पुग्ने भएकोले सम्भवतः उहाँको दाहसँस्कार भोलि हुनेछ ।

रमेश ताम्राकारका केही गीतहरू-

प्रतिक्रिया दिनुहोस्