सरकारकाे निर्णयमा एमालेकाे आपत्ति- ‘देशलार्इ संकटमा पार्ने सुनियोजित षड्यन्त्र’



काठमाडौं । काम चलाउन सरकारले मुलुकको आवश्यकता भन्दा बढी निर्णय गर्न थालेपछि नेकपा एमालेले आपत्ति जनाएको छ । सरकारले बुधबार ६५ वर्ष उमेरका नागरिकलाई वृद्धभत्ता र भूकम्पपीडित तथा बाढी पीडितलाई १/१ लाख रुपैयाँ दिने निर्णय गरेको थियो ।

एमाले अध्यक्ष के.पी ओलीले औषत आयु बढिरहेको बेला हचुवाको भरमा वृद्धको उमेर घटाउन नहुने बताए । ‘वृद्ध के आधारमा ७० बाट ६५ मा झारियो, मनलाग्दी गर्न पाइन्छ ?’ पार्टीद्धारा विहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले भने, ‘हरेक सरकारले यसरी वृद्धको उमेर यसरी घटाउँदै जाने हो भने के हुन्छ ? अहिले ६५ बनाइयो, अर्कोले ५५ बनाउँला , फेरि अर्कोले ४० मा पु¥याउँला, अनि मुलुकको हालत के हुन्छ ? शेरबहादुरजी अहिलेसम्म साँसद नै हुनुहुन्छ , अहिले किन वृद्धभत्ताको लागि हतारिन प¥र्यो ?’

भूकम्पपीडितको नाममा लुट

अध्यक्ष ओलीले भूकम्पपीडितको व्यवस्थापनमा केही नगरेको बताए । ‘भूकम्पपीडतको नाममा बजेट छुट्टयाएर आफ्ना कार्यकर्तालाई बाँड्ने बाहेक अरु कुनै काम भएको छैन’ उनले भने, ‘हामीले ९ महिनामा पुनःनिर्माण सम्बन्धी नियम बनाएर धेरै काम ग¥यौ । तर पछिको सरकारले बिना कारण पुनःनिर्माणप्राधिकरणको सिइयो हटाएर राजनीतिक व्यक्तिलाई भर्ना ग¥यो । पछि खोई सिइयो भने त चुनावमा ? सिइयोलाई पुनःनिर्माणतिर ध्याननै थिएन । पुनःनिर्माणप्राधिकरबाट खर्च बुटुलेर चुनावको तयारी गरेका रहे्छ , अहिले निर्वाचनमा देखिइयो नी ? हामीले भूकम्पपीडितलाई विधि सम्वत हिसाबले २, २ लाख रुपैयाँ दिन खोज्दा कांग्रेसले ससद अवरुद्ध गर्यो । ५० हजार रुपैयाँ भन्दा धेरै दिन हुँदैन, देशका् ढुकुटी सकिन्छ भनेर संसदमै उपद्रो मच्चाए ।
तर अहिले भने तिनै भूकम्पपीडितको नाममा मनपरी भएको छ । निर्देशन समितिलाई लत्याएर सरकारले मनमरी गरेको छ । अहिले फेरि १, १ लाख दिने भनिएको छ । भूकम्पपीडितको नाममा फेरि आफ्नै कार्यकर्ता पोस्ने तयारी गरेको छ । अहिले दिने भनेको खर्च भुूकम्पपीडितको खर्च होइन, लुट खर्च हो ।’
अध्यक्ष ओलीले काम चलाउन सरकारले अहिले गरेका सबै निर्णय पछि बन्ने सरकारले खारेज गर्ने संकेत गरेका छन् ।
‘सरकारले जनतालाई गुम्राहमा राख्दै आएको छ’ उनले भने, ‘सरकारले १ सय ३ अर्ब मौजुत रहेको बताएको थियो तर पछि महालेखाले उल्टै ४८ अर्ब घाटामा रहेको प्रतिवेदन दियो ।
यस्ताे छ बक्तब्य
”]

प्रतिक्रिया दिनुहोस्