शिवहरीप्रसाद भट्टराई, राजविराज । नेपाली कांग्रेसका केन्द्रिय सदस्य शेखर कोइरालाले जनताको म्याण्डेटलाई नकार्न नमिल्ने वताउँदै कांग्रेसले प्रतिपक्षमा वसेर सरकारलाई सहयोग गर्नु पर्ने वताएका छन् ।
सदरमुकाम राजविराजमा स्थापना भएको छिन्नमस्ता डेरी उद्योगको उदघाटन गर्न विहिवार सप्तरी आएका नेता कोईरालाले त्यसको विकल्प खोज्न पनि नहुने वताए ।
निर्वाचन परिणामलाई स्विकार गरेर कांग्रेसले अघि वढ्नु पर्ने उनल वताए । पार्टी पराजयको दोस सभापतिलाई मात्रै दिन नहुने पनि उनले वताए । उनले भने–‘कसैवाट थोरै भएका होलान सभापतिवाट धेरै भएका छन् ।’
कांग्रेस सभापति शेरवहादुर देउवाले राजिनामा दिनु जरुरी नरहेको पनि उनले वताए । राजिनामा समस्याको समाधान नभएको उनले वताए । पार्टीलाई अघि वढाउन महासमिति वैठक गर्ने, विधान संशोधन गर्ने र त्यसका आधारमा अधिवेशनहरु अगाडि वढ्नु पर्ने उनको तर्क छ ।
कांग्रेस अहिलेको अवस्था आईपुग्नुमा पार्टीको आन्तरिक र वाह्य दुवै कारण भएको वताउँदै उनले भने–‘पार्टीको आन्तरिक कारण पनि हारको कारण वन्यो, हाम्रा तिक्तता चुनावमा देखियो ।’
राजनितिक पार्टीमा गुट–उपगुट स्वभाविक भएको भन्दै उनले यो समस्या सवैमा हुने वताए । तर कांग्रेसको गुट–उपगुटको निचोड गलत भएर पार्टी कमजोर भएको उनको वुझाई छ । कोईराला परिवार नेतृत्वमा नआई कांग्रेस उँभो नलाग्ने हो ? भन्ने पत्रकारको प्रश्नमा कोईरालाले भने–‘कोईराला परिवार नेतृत्व लिन सक्षम छ । तर हामीलाई नै नेतृत्व चाहियो भनेर म भन्दिन ।’
उनले, वाम गठवन्धनको सरकारलाई कांग्रेसले सहयोग गर्नु पर्ने वताए । विकास निर्माणका काममा सरकारलाई कांग्रेसले पुर्ण सहयोग गर्ने उनको भनाई छ । ‘चुनावको वेलामा केहि अभिब्यक्ती आएका छन् । संसदिय ब्यवस्था निर्विकल्प हैन भन्ने पनि आयो’ ’ उनले भने–‘संसदिय ब्यवस्थाको विकल्प र कार्यकारी राष्ट्रपति कांग्रेसले स्विकार्दैन ।’











प्रतिक्रिया