ओलीले अकास्मात किन गर्दैछन् पत्रकार सम्मेलन ?



नेपाल समाचारपत्र, काठमाडौं । सरकारका पछिल्ला निर्णयबारे एमालेले औपचारिक धारणा सार्वजनिक गर्न बिहिबार पत्रकार सम्मेलन गर्ने भएको छ ।

काठमाडौँको धुम्बाराही स्थित एमाले पार्टी मुखयालयमा दिउँसो ४ पत्रकार सम्मेलन आयोजना गर्दै एमालेले आफ्नो धारणा सार्वजनिक गर्ने तयारी गरेको हो। सरकारले पछिल्लो समय गरेका नियुक्ति लगायतका विषयमा पार्टी एमाले अध्यक्ष केपी शर्मा ओलीले धारणा राख्ने ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार चुनावपछि कामचलाउ भइसके भन्दै सरकारले महत्वपूर्ण नियुक्ति लगायतका दीर्घकालीन असर पर्ने निर्णय गर्न नहुने एमालेले बताउँदै आएको छ।

यसै सिसिलामा एमालेले आफ्नो धारणा राख्ने बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्