यमलाल भुसाल, बुटवल ।
तिलोत्तमा नगर पालिका वडा नम्बर ३ मा ट्रिपरको ठकरवाट एक जनामहिलाको मृत्यु भएपछि अहिले शंकरनगर क्षेत्र तनावग्रत बनेका छ ।
बुटवलवाट भैरहवा तर्फजादै गरेको लु १ ख ९८३८ नम्बरको ट्रिपरले पुजा गर्न जादै गरेकी महिलालाई जेव्राक्रसिगमा वाटोपार गदै गर्दा ठकर दिदा महिला गम्भिर घाईते भएकी थिईन । ट्रिपरको ठकरवाट विष्णु कुमारी भट्रराईको अवस्था चिन्ता जनक रहेकोमा उपचारको क्रममा साढे ११ वजे भैरहवामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सासु बुहारी स्थानिय दुर्गा मन्दीरमा पुजा गर्न जादै गर्दा ट्रिपरले ठकर दिएको स्थानियले बताएका छन । ट्रिपरको ठकरवाट महिलागम्भिर घाईते भएपछि आक्रोसित स्थानियले ट्रिपरमा आगो लगाई दिए पछि स्थिती तनाव ग्रत भएको हो ।
आक्रोसित स्थानियले ढुगामुढा प्रहार गर्दा दर्जन बढी प्रहरी घाईते भएका छन । विहान पौने दश बजे भएको घटना पछि बुटवल भैरहवाको शंकरनगर सडक अवरुद्ध भएको छ ।गम्भिर घाईते महिलाई क्रिमसन अस्पतालमा उपचार हुन नसके पछि थप उपचारका लागि भैरहवा रिफर गरिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।आक्रोसित युवाले ३ वटा ट्रिपरमा ढुगामुढा गरि क्षेति पुराएका छन ।
फोटो पनि छ ।











प्रतिक्रिया