अपराधिक क्रियाकलाप न्युनिकरण गर्न प्रहरीको यस्तो कदम

0
Shares

सरिता चलाउने, सल्यान । जिल्लाको सुरक्षा अवस्थामा एकदमै महत्वपुर्ण भुमिका खेल्दै आएको जिल्ला प्रहरी कार्यालय सल्यानले बुधवार बाट अाफ्नै कार्यालय अगाडी नयाँ प्रहरी चेकपोष्ट स्थापना गरेको छ । जिल्लाको शारदा नगरपालिका –३ बयलडांडा मा रहेको जिल्ला प्रहरी कार्यालय अगाडी प्रहरी चेक पोष्ट स्थापना भएको प्रहरी प्रमुख डिएसपि भरत बहादुर विकले जानकारी दिए ।

सदरमुकाम बाट छुटने सावारी साधनको चेकजांचका लागी पोष्ट स्थापना गरेको उनले बताए । उनले भने –“यो क्षेत्रमा जिल्लाबाट छुट्ने सवारी साधन हरु बढ्न थालेपछि चेक पोष्टको स्थापना गरेकाहौं।” सदरमुकाम बाट अहिले सल्लीबजार,कालीमाटी,जयतपानी,लक्ष्मीपुर, खैराबांग,लगायतका स्थानमा नियमित रुपले गाडी संचालन मा आएका छन ।

प्रहरी पोष्ट स्थापना संगै सदरमुकामबाट सो बाटो भएर विभिन्न स्थानहरुमा जाने सवारी साधनमा यात्रुको क्षमता को निगरानी गरिने र जिल्लाको पश्चिम क्षेत्रमा आवत जावत गर्ने सवारीका साधनमा अवैद्य वस्तु ओसार पसारमा समेत यस्ले मद्दत पुर्याउने विश्वास जिल्ला प्रहरीले लिएको छ ।

सार्वजनिक स्थानमा सिसि क्यामरा जडान
डिएसपि भरत बहादुर विकले जिल्लाको दुईवटा सार्वजनिक स्थानमा सिसि क्यामरा जडान गरेको र केही स्थानमा जडानको काम भई रहेको बताएका छन । जिल्ला प्रहरी कार्यालय र शारदा नगरपालिका को संयुक्त सहयोगबाट सिसि क्यामरा जडान गरेको विकले बताए ।
सर्वसाधारणको अतिनै चाप रहने खलंगा बजार र जिल्ला अस्पताल सल्यानमा सिसि क्यामरा जडान गरेकाहौं उनले भने ।

कुनै पनि अपराधिक घटना , सार्वजनिक अपराध र चोरीका घटना न्युनिकरणका लागी सिसि क्यामरा बाटै निगरानी बढाईएको उनले बताए ।