रुकुममा सिस्ने हिमाल र चौरजहारी यातायात प्रालि मिले

0
Shares

धनवीर दाहाल, रुकुम । छरिएर रहेका यातायात समिती र प्रालिहरु एक आपसमा एकिकृत हुन थालेका छन् । यसको सुरुवात रुकुम पश्चिमबाट भएको छ । शोमबार एक कार्यक्रमका बिच सिस्ने हिमाल यातायात समिती र चौरजहारी यातायात प्रालि बिच एकिकरण भएको घोषणा भएको हो । सो एकिृकृत समितीको नाम हाललाई सिस्ने हिमाल बस तथा मिनिबस यातायात समिति रहेको छ ।

सो समितीको अध्यक्षमा जितेन्द्र बुढाथोकी छनोट भएका छन । जिल्लामा सञ्चालित दुई यातायात समिति सिस्ने हिमाल र चौरजहारी यातायात प्रालि एकआपसमा मिलेर नयाँ कार्यसमिति बनेको हो । सोमबार बसेको सयुक्त बैठकबाट बरिष्ठ उपाध्यक्षमा पहलमान डाँगी, द्वितीय उपाध्यक्षमा तेज बहादुर बिष्ट, तृतीय उपाध्यक्ष .न्यूटन श्रेष्ठ र महासचिवमा महेन्द्र राज गौतमलाई जिम्मा दिएको छ ।

त्यस्तै सचिवमा बालकृष्ण भाट, कोषाध्यक्षमा राजु खड्का र बरिष्ठ सदस्यमा भिम बहादुर डीसी रहेका छन । सदस्यहरुम डिल्ली भण्डारी, लोकमणी सोनी, तिलक कुमार पुन, मोहन सिं बिश्वकर्मा र कुल बहादुर बिष्ट रहेको महासचिब गौतमले जानकारी दिए । नयाँ कार्यसमितिलाई पुरानो कार्यसमितिले पद तथा जिम्मेवारी समेत हस्तारण समेत गरेको छ । यसअघिका अध्यक्ष जनक कुमार बाँठाले नयाँ अध्यक्ष बुढाथोकीलाई खादा र टिका लगाएर स्वागत गर्दै कुर्सी हस्तान्तरण गरे ।

बाँठा २०६६ सालमा रुकुममा यातायात सञ्चालन भएदेखि संस्थापक अध्यक्ष बनेर काम गरेका थिए । पदभार कार्यक्रममा बोल्दै उनले शुरुवातमा आफु अघि सरेर संघर्ष गरेर समितिको अस्थित्व जोगाएको बताउदै त्यसका लागि सबैको सहयोग महत्वपुर्ण रहेको उल्लेख गरे । ‘म शुरुवात काम गरेर बिचमा आफ्नै कामले हराए अनी फेरी समिति संकटमा पर्दा फेरी आए’ बाँठाले भने, ‘दुई समिति मिलेर राम्रो काम गर्ने निर्णय भएपछि फेरी मैले छोडेर नयाँ साथीहरुलाई जिम्मेबारी दिएको छु, राम्रो काम होस भनेर पद मैले आफै छोडे र मेरो माया सबैभरी समितिमा रहिरहन्छ ।’

हाल अध्यक्ष बनेका बुढाथोकी पनि यसअघि सिस्ने र चौरजहारी यातायात समिति मर्ज हुँदा महासचिब बनेका थिए ।
तर फेरी आपसमा बिबाद हुँदा समिति फेरी छुट्टाछुट्टै रुपमा सञ्चालन भएपनि पुनः मर्ज भएका हुन । नबनिर्बाचिन अध्यक्ष बुढाथोकीले रुकुमको यातायात क्षेत्र विकास र सिस्ने हिमाल समितिको उन्नतीका लागि आफु जहिलेपनि खटिरहने प्रतिबद्धता ब्यक्त गरे । जिल्लामा नयाँ खुलेका समितिहरुमा पनि सबै एक ठाउँमा आए रुकुमको यातायात क्षेत्रका लागि झनै महत्वपुर्ण उपलब्धी हुने धारणा राखे ।

कार्यक्रममा लामो समयदेखि समितिमा रहेर राम्रो काम गर्ने कार्यसमिति तथा कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।