पाहुनाको स्वागतमा खुकुरी नाच

0
Shares

महेश केसी, रुकुम पुर्व । पञ्चेबाजाको मधुर संगित । पाहूनाको स्वागतमा लहरै लागेका स्थानिय । साथमा केही अधबैशै व्यक्तिहरुहातमा खुकुरी लिएर बाजाको तालमा नाचिरेहका छन् । पहुनाको पुरा ध्यान भने त्यसैैतर्फ केन्दित छ । तर, यहाँका लागी भने यो नयाँ होईन । गाउँमा आउने बिशेष पाहुनाको स्वागत गर्न पञ्चेबाजाको तालमा खुकुरी नाच नाच्नु सिस्ने गाउँपालिका–३, पोखराको परम्परा नै हो । गाँउमा हुने विभिन्न समाजिक संस्कारहरु विवाह, बर्तबन्ध, मेला, पर्बका साथै गाँउमा आउने पाहुनाको स्वागत गर्न पुरा गाँउ नै ज्ट्छ । स्वागतमा गुजिञ्छ पञ्चेबाजा नाचिन्छ खुकुरी नाच ।

स्थानिय रामबहादुर केसीका अनुसार दशैंको महाअष्ठमीमा माई भगवतीको मन्दिरमा बली दिन प्रयोग गरिएका हतियार गौतम कुलाका पुजित हतियार हुन् । तिनै हतियार दशैं घरबाट निकालेरगाँउमा हुने हुने विभिन्न महत्पपुर्ण जमघटहरुमानाच आयोजना गरीे पाहुनाको स्वागत गर्नु यहाँको मौलिक चलन हो । ‘हामी बाजा बजाएर, खुकरी नचाउदै पाहुनाको स्वागत गर्छौ ।’ केसी भन्छन् ‘यसलाई हाम्रो भाषामा फरौटे नाच भन्ने गरिन्छ ।’

भगवती माताको पुजा गरिएका हतियार नचाए अनिष्ट हुदैन र गाँउमा कुनै पनि खालको भुत–प्रेतको बास हुदैन। साथै, गाँउमा शान्ती हुन्छ भन्ने मान्यताका साथ यो नाच नाच्ने गरेको यहाँका स्थानिय बताउछन् । दशैंपछि बिशेषगरी माघे सक्रान्तिका दिन यो नाच नाचेर रमाईलो गरिन्छ । साथै बिवाह गरेर छोरी अन्माउदा र भित्र्याउदा केटी पक्षकाहरुको स्वागतका लागी यो नाच अनिवार्य नाचिनेगरेको सिस्ने गाउँपालिका–३ का पृथ्बीबहादुर खत्री, ७० बताउछन्।

आफु ३० बर्षको उमेरदेखी नाच्न थालेको बताउने खत्रीसंगै गाउँका अरु तिन जना पनि यो नाचका लागी चिनिएका छन् । यि तिनजना मध्य एक जना कोही गाउँमा नहुदाँ गाउँकै अरु पुराना मान्छेहरुले नाचमा साथ दिन्छन् ।

दाहिने हातमा खुकुरी र देब्रे हातमा त्यसैको दाब समाएर बजाको तालमा निकै होसियारी पुर्वक नाच्नुपर्ने यो नाचले गाँउमा हुने यस्तारमाईला जनमघटमा सहभागी हुने जो कोहिलाई पनि मोहित पार्छ । पहिलोपल्ट यो नाच हेर्नेलाई त झन् यसले अच्चम्मित पनि बनाउछ ।बाटोमा हुदाँ लहरै हिडेकाहरुको अगाडी पाईला चाल्दै खुकुरी घुमाउदै नाचिन्छ भने जमघट हँदा जमघटको बिचमा यो नाच नाचिन्छ । यो नाचबाट प्रभावित हुनेले नाच्नेको शिरमा पैसा पनि राखिदिन्छन् ।

यसरी खुकुरी नाच नाचसिकेपछी उक्त खुकुरी र तरवार पुणः दशैं घरमा नै लगेर राखिन्छ । स्थानियका अनुसार उक्त हतियारहरु दशैंमा बली काटन र नाच्नमा बाहेक अरु कुनै पानि काममा प्रयोग नर्ग पाईदैन । साथै ति हतियार चलाउन दशैं घरका पुजारीको अनुमती लिनु अनिवार्य छ । परम्परादेखी नै यसरी नाच्दै आएको यो नाचको लामो ईतिहास भएपनि पछिल्नो पुस्ताले भने यसको संरक्षणमा ध्यान नदिदाँयो परम्परागत खुकुरी (फरौटे) नाच लोप खतरा पनि बढेको छ ।