लक्ष्मी कुमार साह, महोत्तरी । महोत्तरीको सदरमुकाम जलेश्वरमा सोमबार राति मोटरसाईकल चोरी भएको छ ।
जलेश्वर २ का विजय साहको आफ्नै घरको आँगनबाट ज९प ४७४७ नम्बरको यमाहा मोटरसाईकल चोरी भएको हो । साहको घरमा राखिएको सो मोटरसाईकल हैन्डल लक तथा सिकरी बाँधी राखिएको अवस्थामा चोरी भएको हो ।
मोटरसाईकल चोरी रातीको समयमा बाक्लो हुस्सु र शितलहरको मौका छोपी चोरी गरेको सवारीसाधन साहले जनाएको छ । यता जिल्ला प्रहरी कार्यालय महोत्तरीले मोटरसाईकलको खोजतलास व्यापक रुपमा भईरहेको जनाएको छ ।
प्रतिक्रिया