पहिलो सुती उद्योग

0
Shares

नेपाल समाचारपत्र
हेटौंडा
महिला उद्यमीको लगानीमा उत्तरी मकवानपुरको बज्रबाराहीमा पहिलो पटक सुती तथा ऊनीजन्य पोशाक उत्पादन गर्ने हेतुले उद्योग शुरू गरिएको छ।

उद्योग सञ्चालक कल्पना बलामीले नगरपालिका महिला सञ्जालद्वारा सञ्चालन गरिएको एक महिने तालिमको प्रभावबाट उद्योग सञ्चालनको प्रेरणा मिलेको भन्दै हाल दैनिक ५० थान स्वेटर उत्पादन भइरहेको बताउनुभयो।

हाल चार जनालाई रोजगारी प्रदान गरेको र यसलाई बढाएर उत्तरी मकवानपुरको माग व्यवस्थापन गरी निर्यात गर्ने गरी उत्पादन र त्यस क्षेत्रका महिलालाई रोजगारी दिइने उहाँले बताउनुभयो।

उद्योग उद्घाटन गर्दै थाहानगर प्रमुख लवशेर विष्टले साना तथा घरेलु उद्योगको शुरूवात हुनु नगर विकासको मेरुदण्ड भएको बताउनुभयो।
थाहानगरको बज्रबाराहीमा कल्पना थाहा कपडा उद्योग उद्घाटन गर्दैं नगर प्रमुख बिष्टले उत्तरी मकवानपुरमा पहिलो पटक शुरू भएको उद्योगले नगरमा उद्योगको सम्भाव्यता शुरू भएको र यस्ता प्रकारका उद्योगप्रति सबैको आकर्षण बढाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो।स्थानीय कच्चापदार्थ सदुपयोग, रोजगारी र व्यवसायको आधारशीला उद्योग भएकाले यस्ता उद्योग विकासमा नगरपालिका सधैं साथ रहने भन्दै बिष्टले उद्योगले त्यस क्षेत्रको माग पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो।