१५औं राष्ट्रिय जुडो प्रतियोगिता


गत राखेप च्याम्पियनसिपअन्तर्गत १५औं राष्ट्रिय जुडो प्रतियोगिताको आ–आफ्नो तौलसमूहमा पहिलो र दोस्रो हुने खेलाडीलाई प्रशिक्षण दिने क्रममा अन्तर्राष्ट्रिय जुडो महासंघ (आईजेएफ) का जुडो प्रशिक्षक डान तेलर्का। आगामी दक्षिण एसियाली, एसियाली र ओलम्पिक खेलकुदको तयारीलाई ध्यानमा राखी नेपाल जुडो संघले अन्तर्राष्ट्रिय प्रशिक्षकका लागि आईजेएफमा पहल गरेको थियो। सोहीअनुरूप आईजेएफले रोमानियाका छैटौं डान तेलर्कालाई नेपाल पठाएको हो।