मेलामा आकर्षक बन्यो ३५ किलाको खुकुरी

0
Shares

अनिल खत्री,गुल्मी ।

माघे सक्रान्तिको अबसरमा गुल्मीको रिडीमा चलेको मेला खुकुरी प्रति सबैको आकर्षण बनेको छ । बाग्लुङ्ग जिल्लाको ढोरपाटन नगरपालिकाबाट मेलामा बेच्न ल्याएका मनबहादुर श्रीपालीको ३५ किलाको खुकुरी सबैको आकर्षण बनेको हो ।

१३ वर्ष देखि फलामका बिभिन्न औजारहरु बनाउदै श्रीपालीले बनाएको खुकुरी नेपालै ठुलो तौल भएको उनले बताए । ८ दिन लगाएर बनाएको उक्त तौलको खुकुरीको मुल्य १ लाख रहेको श्रपालीले बताए । गतवर्ष देखि रिडी मेलामा फलामबाट बनेका खुकुरीहरु बेच्न ल्याउने गरेका श्रीपालीले व्यापार राम्रो भएकाले यसवर्ष पनि आएको बताए ।

उमेरले ३८ वर्ष लागेका श्रपालीले बुर्तिबाङ्ग स्थित बजारमा खुकुरीहरुसँगै अन्य फलाम जन्य औजार बनाउनको लागी ८ जना कामदारहरु समेत राखेको बताए । यसवर्ष रिडी मेलाको लागी १ सय पिस खुकुरी,खोडा,दाहु लगायतका सामाग्री ल्याएको बताए ।

यसवर्ष पनि मेला अबधी भर अगाबै सकिने उनको भनाई रहेको छ । श्रीपालीले बनाएका खुकुरीहरु बाग्लुङ्गसँगै,रुकुम,रोल्पा,बुटवल,पोखरा,काठमाडौं बिक्रीका लागी लैजाने गरेको बताए । उनले निर्माण गरेका बिभिन्नऔजारहरुकोमुल्य ३ हजार देखि ६ हजार सम्मका रहेको बताए ।

श्रीपालीले निर्माण गर्ने खुकुरी देशका बिभिन्न स्थानहरुमा प्रदर्शनमा राखी विभिन्न पुरस्कार समेत जितिसकेका छन् । तिन जिल्ला गुल्मी,पाल्पा,स्याङजाको संगमक्षेत्र रिडीमा माघे सक्रान्ति देखि तीनदिन सम्म कालीगण्डकीमा स्नान गरेर ऋषिकेश मन्दिरको दर्शन गरेमामोक्ष प्राप्तहुने विश्वास छ । सक्रान्तिबाट सुरू भएको मेला ५ दिन सम्मचल्ने छ ।

मेलामा घरेलु उत्पादीत सामग्री, कृषिउपज वस्तुहरुलाई प्रर्दशनीमा राखिएको छ । यस क्षेत्रमाप्राचिन समयमा देबदत्तऋषिले तपस्या गरेको धार्मिक मान्यता छ । रुरु क्षेत्र धार्मिक, पौराणिक, ऐतीहासिक तथा पर्यटकीय दृष्टिकोणले पनिनिकै महत्वपूर्ण मानिन्छ । जसकाकारण यस क्षेत्रको महिमा नेपालवाहिर पनि उत्तिकै महत्व पूर्ण मानिन्छ ।

माघे संक्रान्तिको अवशर पारेर पाँचदिनसम्म संचालनहुने रिडी मेलामा विशेषगरि कम्मल, काम्ला, राडी पाखी, वाँस तथा चोयावाट निर्मित सामग्रिहरु, ओखरका घाँजी लगायतका वस्तुको राम्रो व्यापार हुने गर्दछ । व्यापार तथा धार्मिक पर्यटनका लागिव्यापारिहरु रुकुम रोल्पालगायतका ठाउँवाट तीन दिनसम्मको यात्रागरि रिडी आउने गर्दछन् ।

मेलामा यस बर्ष बिबिध साँस्कृतिककार्यक्रम समेत हुने भएको छ । माघे सक्रान्ति मेला सक्रान्ति देखि तीनदिन सम्म संचालनहुने भएपनि पछिल्ला बर्षहरुमा साँस्कृतिक कार्यक्रमका कारण पाँचदिन सम्म चल्छ । रुरु क्षेत्रको रिषीकेश मन्दीरमा नेपालकै सबै भन्दा ठुलो भगवानको मुर्तीपनि रहेको छ ।