योजना आलोचित

0
Shares

दमास्कस, (एजेन्सी)
सिरियाको गृहयुद्धमा संलग्न शक्तिशाली समूहहरूले सोमबार सीमा सुरक्षा फौजका रूपमा परिचालित संयुक्त कुर्दिस नेतृत्वको ३० हजार शक्तिशाली छापामारलाई सहयोग गर्ने अमेरिकी योजनाको कडा शब्दमा आलोचना गरेका छन्। टर्कीका राष्ट्रपतिले ती सिरियन डेमोक्रेटिक फोर्स (एसडीएफ)लाई अमेरिकाले दिइने तालिमको विरोध गर्दै तिनीहरुलाई ‘आतंक फौज’को संज्ञा दिएका छन्। अमेरिका नेतृत्वमा रहेको गठबन्धन फौजको हवाई हमलाको आडमा एसडीएफले इस्लामिक स्टेट (आईएस) लडाकूको हातबाट थुप्रै भू–भाग फिर्ता लिइसकेको छ।