सम्पूर्ण मिडियामाथिको आक्रमण होः सिरोहिया



काठमाडौं, (नेस)
कान्तिपुर मिडिया गु्रपका अध्यक्ष कैलाश सिरोहियाले व्यवसायी अजेयराज सुमार्गीले दिएको अभिव्यक्तिलाई सम्पूर्ण मिडियामाथिको आक्रामण भएको बताउनुभएको छ।

व्यवसायी सुमार्गीले सोमबार पत्रकार सम्मेलन गर्दै कान्तिपुर मिडिया गु्रपका अध्यक्ष सिरोहियामाथि आक्रमक शैलीमा प्रस्तुत हुँदै अपाच्य शब्दहरू प्रयोग गरिएको सिरोहियाको दाबी छ। सुमार्गीविरुद्ध आफूले गाली बेइज्जतीको मुद्दा हाल्ने तयारी गरेको पनि उहाँले बताउनुभयो। ‘पत्रकारले समाचार खोजेर प्रकाशन गरेको विषयलाई व्यक्तिगत रूपमा रिस साँधेको भन्नु सम्पूर्ण मिडियामाथिको आक्रमण हो।’ –गु्रपका अध्यक्ष सिरोहियाले नेपाल समाचारपत्रसँगको कुराकानीमा बताउनुभयो।

सिरोहियाले आफूले धम्की दिएको कुरा निराधार रहेको बताउनुभयो। ‘मैले उहाँलाई जग्गा बेचेको होइन। नेपाल इन्भेस्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृतमार्फत बेचेको हुँ’, उहाँले भन्नुभयो– ‘मैले उहाँलाई ३ वर्षदेखि सम्पर्क गरेको छैन। कसरी धम्की दिन्छु होला त? धम्की दिएकै भए रेकर्ड, एसएमएस, फ्याक्स केही त होला नि?’

प्रतिक्रिया दिनुहोस्