भद्रपुर, बाम गठबन्धनका नेता एवं पूर्वस्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले विभिन्न रोगको उपचारका लागि आयुर्वेद पद्धति सबैभन्दा सरल उपाय भएको बताउनुभएको छ ।
जिल्ला आयुर्वेद स्वाथ्य केन्दले तेस्रो राष्ट्रिय योग दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले आयुर्वेद हाम्रो मौलिक प्रणाली भएकाले यसको विकास र विस्तार गर्नुपर्नेमा जोड दिंदै दीर्घकालीन रोगबाट पीडित बिरामीका लागि आयुर्वेद उपचार र योग दुवै महत्वपूर्ण हुने चर्चा गर्नुभयो ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सञ्चालन एवं व्यवस्थापन समितिका अध्यक्ष तथा भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ स्वास्थ्य सेवा विभागका महानिर्देशक डा वासुदेव उपाध्याय, प्रदेश सभा सदस्य वसन्त बानियाँ लगायतले योगका विविध विषयमा चर्चा गर्नुभएको थियो ।
रासस











प्रतिक्रिया