रुरुमा भव्य मेला

0
Shares

कविराज नेपाल, पाल्पा । मकर सक्रान्तिका अवसरमा पाल्पा स्याङजा र गुल्मीको संगमस्थल नेपालको वनारसको उपनामले परिचित रुरु क्षेत्रमा सोमवार विहानै देखि भव्य मेला सुरु भएको छ । यो मेला तिन दिन सम्म कायम रहने छ ।

यस क्षेत्रकै सवैभन्दा ठुलो तिथर््ास्थलका रुपमा परिचित रिडीमा कााली गण्डकीमा स्नान गरि यहाको प्रसिद्ध तिर्थ ऋषिकेशवको दर्शन गरेमा सम्पुर्ण पापवाट मुक्ति पाइ स्वर्गमा वास पाइन्छ भन्ने धार्मिक विश्वासका साथ टाढाटाढावाट मानिसहरु पुजाआजा र स्नानकालागि आउने गर्दछन । यहा यस अवसरमा विशेष प्रकारको चहलपहल हुने गर्दछ ।

काली गण्डकी तटमा अवस्थित नेपालको वनारस भनिने यस प्रसिद्ध तिर्थस्थल रुरुमा राडिपाखी, काम्लो, उखु,, खुदो चाकु , लगायत वासका सामाग्रीको पनि किनवेच र व्यापारका लागि पनि प्रसिद्ध छ । व्यापारका लागि नेपालको हिमाली भाग र प्युठान , ज’म्ला, ह’म्ला, रोल्पा रुकुम सम्मवाट मानिसहरु आउने गर्दछन । साथै व्यापारकै उद्देश्यले छिमेकी मुलुक भारत लगायत नेपालका अरु भागबाट पनि मानिसहरुको जमघट यहा हुने गर्दछ ।

नेपालकै प्रसिद्ध तिर्थस्थल भएकाले पनि यहा स्नान र धार्मिक कार्यका लागि मानिसहरु दुइ तीन दिन अघि देखि नै जम्मा हुन थालेका थिए । मेलाको पहिलो दिन यहाको काली गण्डकी नदी किनारामा हजारौं भक्रजनहरुले न’हाएर ऋषिकेशव भगवानको दर्शन,प’जा जप गरेका छन । मेला हेर्न जाने भक्तजनका कारण जिल्ला सदरमुकाम तानसेन देखिनै सयौं सवारीको जाम लागेको थियो ।

धार्मिक प्रवृत्ति भएका वाहेक युवायुवतिहरु पनि प्रेमालाप र मनोरञ्जनकालागि जाने गर्दछन । खासगरी वुढावुढी र धार्मिक प्रवृत्ति भएका पहिलो दिन र अन्य व्यक्ति दोश्रो र तेश्रो दिन यहा जाने प्रचलन छ । धार्मिक कार्यसँगै व्यापारिक क्रियाकलाप पनि हुने भएकाले पनि यहाको महत्व विशेष रहने गरेको पाइन्छ ।

ओखरको घाँजी, वेतवासका सामाग्री, काठका सामाग्री का अलावा फलफूल र अन्य आध’निक सरसामानको पनि यहा विशेष रुपमा किनवेच हुने भएकाले नदी किनारा र वाटो भरी नै व्यापार गर्नेहरु पनि प्रसस्त मात्रामा देखिएका छन ।

्परापुर्व कालमा भगवान विष्णु स्यम अवतारित भइ यही रहनु भएको विश्वासका साथ यहा धार्मिक कार्यहरु हुने गरेका हुन । खासगरि अन्तिम संस्कारकालागि रिडी क्षेत्रलाइ महत्वका साथ लिइने गरिन्छ । माघेसक्रान्ति मेलालाइ दृष्टिगत गरि विभिन्न सास्कृतिक कार्यक्रम, प्रर्दशनी र रोचक कुराहरुका अलावा कृषि मेला पनि यहा विगतका वर्षहरुमा हुदै आएका छन । माघे सक्रान्तिकै अवसर पारेर जिल्लाका राम्दी,रानीघाट, केलादी लगायतका स्थानमा पनि माघेसक्रान्तिमा मेला र अन्य धार्मिक कार्यहरु भएका छन ।