३८ मिनेट भागदौड

0
Shares

अलर्ट प्राप्त भएपछि हवाईका बासिन्दा र त्यहाँ बिदा मनाउन आएकाहरूमा भागदौड मच्चियो। सामाजिक सञ्जालमा राखिएका भिडियोमा एक विश्वविद्यालयका छात्रछात्राहरू आश्रयका लागि कुदिरहेको देखिएका थिए। एक हवाई वासिन्दाले आफ्ना बच्चा र पत्नीलाई लिएर बाथरुममा लुकेको बताए। उनले के गर्ने भन्ने विषयमा केही भन्न नसकेको बताए।

उत्तर कोरियाका क्षेप्यास्त्र तथा परमाणु कार्यक्रम अमेरिकाका लागि एक खतराका रुपमा अगाडि आएको छ। हवाई अमेरिकाको त्यस्तो राज्य हो जुन उत्तर कोरियाबाट सबैभन्दा नजिक पर्छ। गत वर्ष सेप्टेम्बरमा उत्तर कोरियाले छैंठौ परमाणु परीक्षण गरेका थिए। गत महिना स्टार एडवर्टाइजरले एक समाचारमा उत्तर कोरियाले प्रहार गरेको क्षेप्यास्त्र हवाई द्विपमा २० मिनेटमा पुग्ने दाबी गरेका थिए।