विस्फोट र आगलागी


लिस्वन, (एजेन्सी)
उत्तरी पोर्चुगलको एउटा सामुदायिक केन्द्रमा भएको एक विस्फोटपछिको आगलागीका कारण कम्तिमा ८ जना व्यक्तिको ज्यान जानुका साथै अन्य दर्जनौं घाइते भएको स्थानीय सञ्चार माध्यमले आइतबार जनाएको छ। मेयरका अनुसार भिला नोभा डा राइन्हा उक्त भवनको हिटिंग बोइलर विस्फोट भएपछि आगो लागेको थियो। शौखिन तास प्रतियोगितामा भाग लिन र टेलिभिजनमा फुटबल हेर्न सो केन्द्रमा ६० जनाभन्दा बढी व्यक्तिको उपस्थिति रहेको बताइएको छ। भिला नोभा डा राइन्हा राजधानी लिस्वनदेखि २ सय ६० किमि उत्तरपूर्वमा पर्ने टेन्डेला शहरनजिक पर्दछ।