डुंगा पल्टियो

0
Shares

नयाँदिल्ली, (एजेन्सी)
भारतको मुम्बईनजिकको समुद्रमा शनिबार ४० जना विद्यार्थी बोकेको डुंगा दुर्घटनामा परेकाको उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ। अहिलेसम्म ३२ जना बालबालिकालाई सकुशल उद्धार गरिसकेको सञ्चार माध्यमले जनाएको छ। यस उद्धारकार्यलाई सहयोग पुर्याउने उद्देश्यले अन्य जहाजहरु महाराष्ट्र राज्यको डाहानु नजिकको क्षेत्रबाट अन्यत्रै मोडिएका छन्। दि टाइम्स अफ इन्डियाका अनुसार डुंगामा क्षमताभन्दा बढी संख्यामा यात्रु रहेका थिए भने ती बालबालिकाले लाइफ ज्याकेट लगाएका थिएनन्। भारतका राष्ट्रपति राम कोभिन्दले मृतकका परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन्।