राष्ट्रपति छान्ने सहमति


म्याड्रिड, (एजेन्सी)
क्याटालोनियाको मुख्य पृथकतावादी पार्टीहरुले भगौडा नेता कार्लेस पुइग्डेमोन्टलाई यसै महिनाको उत्तरार्धमा त्यस क्षेत्रको राष्ट्रपतिमा पुनः निर्वाचित गर्ने सहमति जनाएका छन्। तर यस कार्यलाई कसरी कानुनीरूपमा सम्भव बनाउने भन्नेबारे स्पष्ट पारिएको छैन। गत अक्टोबरमा स्पेनी सरकारद्वारा आफ्नो क्षेत्रीय सरकार बर्खास्त गरेयता पुइग्डेमोन्ट बेल्जियमको राजधानी ब्रसेल्समा बसोबास गर्दै आएका छन्। उनी आफ्नो अनुपस्थितिको बाबजुद पनि आफूलाई पृथकतावादीको बहुमतले नयाँ क्षेत्रीय संसद्मा नियुक्त गरियोस् भन्ने चाहन्छन्। तर स्वाधीनता विरोधीहरुले भने उनको विरोध गर्दै आएका छन्।