एनसेल मेला जावलाखेलमा हुँदै

0
Shares

काठमाडौं, (नेस)
एनसेल प्रालिले दु्रतगतिको मोबाइल ब्रोडब्यान्ड सेवा लङ टर्म इभोलुसन फोरजीको अनुभव प्रदान गर्न आज शनिबार ललितपुरको जावलाखेल फुटबल मैदानमा एनसेल मेला आयोजना गर्दैछ।

विराटनगर र पोखरामा आयोजनापश्चात यो मेला विभिन्न मनोरञ्जनात्मक कार्यक्रमसहित जावलाखेलमा आयोजना गर्न लागिएको हो। विहान ११ बजे शुरु भई कन्सर्ट साँझ ६ बजेसम्म चल्ने छ।

शिव परियार, इन्दिरा जोशी, आषिश राना (लाउरे), कलाकारका साथै कबवेभ र द एज ब्यान्डले मेलामा सहभागी सबै दर्शकलाई आफ्नो प्रस्तुतीमार्फत् मनोरञ्जन प्रदान गर्नेछन्।

मेलाको आकर्षणहरूमा विभिन्न गेम स्टलहरू, किडस् जोन, फोरजी जोन र फुड स्टल पनि रहेनछन्। एनसेल मेलामा बालबालिकाको गायन प्रतिभा उजागर गर्न मेलामा ‘जुनियर सिङगिङ आइडल’ कार्यक्रमको आयोजना गरिनेछ। त्यसैगरी बालबालिकाकालागि ट्राम्पोलिन, गो कार्ट, टेम्पोररी ट्याटु, डिस्नी प्रिन्सेस् क्यासल र क्यारेक्टरलगायत विविध आकर्षण रहनेछन्।