यु–ट्युबबाट अर्बपति

0
Shares

काठमाडौं, (नेस)
प्रविधिको प्रयोग बढेसँगै पछिल्लो समय यु–ट्युबले मनोरञ्जनको गतिलो स्रोतका रूपमा परिचय बनाउँदै आएको छ। विभिन्न खालका सिर्जनात्मक भिडियो यु–ट्युबमा राखेर पैसा कमाउनेतर्फ पछिल्लो समय धेरैले सोच्न थालेका छन्।

८ नोभेम्बर १९९१ मा जन्मिएका डेनियल रोवर्ट मेडिलसन तीनैमध्ये एक हुन्। जसले यु–ट्युबमार्फत् पैसा कमाएर नै अर्बपति बन्न सफल भए। विश्वका धनीको सूचीमा अर्बपतिहरूको सूची सार्वजनिक गर्दै आएको पत्रिका फोब्र्सले मेडिलसनलाई अर्बपतिको सूचीमा समेटेको छ।

१ करोड ७५ लाखभन्दा बढी सस्क्राइबर रहेको ‘डेन टीडीएम’ भचुअल गेमिङको सबैभन्दा ठूलो प्लेटफर्म हो। ट्युब भ्युअरर्सले डेनियललाई पनि सोही नाम दिएका छन्। अर्थात ‘द डाईमन माइनक्राफ्ट’ उनलाई उनका फ्यानले दिएको नाम हो। ‘द डाईमन मिडिलकार्ट’ र ‘माईनक्राफ्ट’ नामका अनलाइन गेम खेल्ने तरिका सिकाउन उनले उनले बढी भिडियो बनाएका छन्।

बेलायती नागरिक डेनियलले उनले आधा दर्जनभन्दा बढी किड्स च्वाइस अवार्डका साथै गेमिङमा ‘गिनिज वल्र्ड रेकर्ड’मा समेत नाम दर्ता गराएका छन्। उनको नाम अर्को विश्व रेकर्ड छ। जसमा उनले ‘रकेट लिग’ नामको अनलाइन गेमिङमा टिम अफ टु र थ्रिमा सबैभन्दा बढी गोलकर्ताका रूपमा विश्व रेकर्ड राखेका छन्। जसमार्फत् उनले १ करोड ७० लाख अमेरिकी डलर कमाएका थिए।

डेन टिडिएम यु–ट्युव च्यानलबारे बढी चर्चा चलेको भने सन् २०१३ मा हो। आजभन्दा ५ वर्ष अघि नै उनको च्यानलले एक लाख सस्क्राइबर पुर्याएको थियो। सोही अवसर पारी डेनियलले सारा विश्वलाई पहिलोपटक आफ्नो वास्तविक अनुहार देखाएका थिए। उनले सन् २०१२ मा ‘द डाइमण्ड माइनक्राफ्ट’ नामको गेमिङ प्रोग्राम शुरू गरेका थिए। जसका मुख्य प्रयोगकर्ता ५ देखि १० वर्ष उमेर समूहका बालबालिका थिए। जसलाई उनले सन् २०१६ डिसेम्बर १२ मा ‘डेन टीडीएम’ का रूपमा नाम परिवर्तन गरे।

मेडिलसनले एउटा अन्तर्वार्ताका क्रममा आफू ९ बजे उठ्ने गरेको र त्यसको एक घण्टापछि आफ्नै घरबाहिर बसेर भिडियो बनाउने काम शुरू गर्ने दैनीकी रहेको बताएका थिए। उनले माइनक्राफ्टमा अपडेट गर्ने र आवश्यक संशोधनको काम भने साँझको समयमा गर्ने गर्थे।

हरेक दिन निर्माण गरेको भिडियोलाई रातको साढे आठ बजे सोही समयमा यु–ट्युबमा अपलोड गर्ने गर्थे। त्यसपछिको समयमा उनले आफ्नो भिडियोमा आएका प्रतिक्रियालाई हेर्ने र त्यसको फिडब्याक दिन गर्थे। उनको यु–ट्युब प्रयोगकर्ताले दिएको सुझाव तथा प्रतिक्रियालाई आधार मानेर अर्को दिनको भिडियोका लागि उनले खाका तयार पार्ने गर्थे।

शुरुआतका दिनमा उनले निकै सरल ढंगले भिडियो बनाउँथे। आफैंले पालेको कुकुरलाई उनले पात्र बनाउने गरेका थिए भने कुकुरसँग नै दोहोरो कुराकानी गर्ने गर्दथे। पछि उनले सोही कुकुरलाई भर्चुअल रूपमा प्रयोग गरे भने त्यसको आवाजलाई परिमार्जन गरी रमाइलो तुल्याए।

२०१६ अक्टोबर ६ मा ल्याएको ‘ट्रायरस एन्ड द इनहेन्स क्रिस्टल’ नामको ग्राफिक उपन्यासको सिरिजका लागि पनि उनले तीनै पात्रलाई छनोट गरे। जसमा डेन टीडीएमका रूपमा मिडिलसन आफै, कुकुर पात्र ग्रिम, अर्को ग्राफिक पात्रका रूपमा डाक्टर ट्रेउरस, इभिल ल्याब बोस डेन्टोन र साईड किक् फिन रहेका छन्। उनले आफ्नै घर वरिपरिको वातावरणलाई ‘प्लट सेटिङ’ बनाएका थिए।

उनले उच्चशिक्षाकै क्रममा पोकेमन अनलाइन गेम खेल्ने गर्थे भने त्यसको हरेक दिनको अपडेट भिडियोको रूपमा यु ट्युबमा राख्ने गर्ने। तर, पछिल्लो समय भने उनले आफैंले निर्माण गरेको कम्प्युटर एनिमेटेड गेम माइनक्राफ्टको खेल्ने तरिकाको बारेमा अधिकांश भिडियो बनाएका छन्।

व्यावसायिक गेमिङ प्रोग्रँमलाई यु–ट्युबसँग गतिलो रूपमा जोडेका डेनियल मेडिलसनले वार्षिक ५५ करोड अमेरिकी डलरभन्दा बढी कमाउँछन्। उनले युनिभर्सिटी अफ नर्थ हेम्टनबाट उच्च शिक्षा हासिल गरेका थिए।
(एजेन्सीहरूको सहयोगमा)

८ नोभेम्बर १९९१ मा जन्मिएका डेनियल रोवर्ट मेडिलसन तीनैमध्ये एक हुन्। जसले यु–ट्युबमार्फत् पैसा कमाएर नै अर्बपति बन्न सफल भए।