३३ करोडको सुन्तला उत्पादन

0
Shares

नेपाल समाचारपत्र
सल्यान
जिल्लामा चालू आर्थिक वर्षमा ३३ करोडको सुन्तला उत्पादन भएको छ। सुन्तला सुदृढीकरण अभियान बगंैचा व्यवस्थापन, सुन्तलाको बोट तथा क्षेत्रफल वृद्धि, मौसमको अनुकुल वातावरण मिलेपछि यसवर्ष गतवर्षको भन्दा १० प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि आएको छ।

जिल्ला कृषि विकास कार्यालय सल्यानका अनुसार यस वर्ष सल्यानमा ३३ करोड ४ लाख ८० हजार रुपियाँ बराबरको सुन्तला उत्पादन भएको छ। अघिल्ला वर्षको तुलनामा यसवर्ष सल्यानमा १० प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको छ। १ हजार २० हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाको बोटबाट ७ हजार ३ सय ४४ मेट्रिकटन सुन्तला उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय सल्यानका वरिष्ठ कृषि विकास अधिकृत अमरराज शर्माले जानकारी दिनुभयो।

गत वर्षको भन्दा ८ हेक्टर क्षेत्रफल बढीमा सुन्तला उत्पादन भएका कारण पनि गत वर्षको भन्दा यो वर्ष सुन्तला उत्पादनमा वृद्धि आएको उहँँको भनाइ रहेको छ। उहाँले भन्नुभयो–‘ किसानले बोटमा लामो समयसम्म दाना राख्ने गरेका कारण सुन्तला एक वर्ष बढी फल्ने र एक वर्ष कम फल्ने गर्दछ। तर, सुन्तलाको उत्पादन क्षेत्र बढी रहेकाले उत्पादन प्रतिशत बढेको हो।

गएको वर्ष सल्यानमा २९ करोड ८१ लाख ३२ हजार बराबरको सुन्तला उत्पादन भएको थियो। उत्पादित सुन्तलामध्ये करिब ७५ प्रतिशत सुन्तला जिल्ला बाहिर निकासी भएको उहँँले बताउनुभयोे।

१ हजार ५ सय ४० हेक्टर क्षेत्रफलमा सुन्तला खेती हँुदै आइरहेकोमा यस वर्ष १ हजार २० हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाले उत्पादन दिन थालेको अधिकृत शर्माले बताउनुभयो। उहँँले भन्नुभयो–‘उत्पादित सुन्तलाले सोचेभन्दा राम्रो बजार पाउन थालेपछि सुन्तला खेतीतर्फ कृषकको मोह बढी रहेको छ। वैशाख र कात्तिकमा आएको असिनापानीले केही क्षति पुर्याएका कारण बीमा गर्न किसानलाई आग्रह गरिएको छ।’ जिल्लामा उत्पादन भएको सुन्तलाले राम्रो बजार पाएको र उत्पादन भएको सुन्तला दाङ, सुर्खेत, जाजरकोट, नेपालगन्ज, धनगडी,महेन्द्रनगर बिक्री भइरहेको शर्माले बताउनुभयो।