म्यादी हत्या घटनाको छानविन प्रतिवेदन सार्वजनिक गर्न माग

0
Shares

कालीबहादुर मल्ल, कालिकोट
यही पुस ७ गते प्रहरीको गोलीबाट मृत्यु भएका रास्कोट नगरपालिका–२ निवासी म्यादी प्रहरी विवेक ऐडीको घटनाका विषयमा बनेको गृह मन्त्रालयले गठन गरेको छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै पीडित परिवारले शुक्रबार गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्।

आफ्नो सेवा सुविधामा प्रहरीले अनियामितता गरेको भन्दै म्यादी प्रहरीले अन्दोलन गर्दा प्रहरीले चलाएको गोलीबाट विवेक ऐडीको मृत्यु भएपछि गृह मन्त्रालयका सह–सचिव मानबहादुर विकको संयोजकत्वमा नेपाल प्रहरीका डीआइजी रमेश खरेल, सशस्त्रका प्रहरीका डीआईजीसहितको उच्चस्तरीय छनविन समितिले घटनाको अध्ययन गरी फर्केको थियो।

घटनाको स्थलगत अध्ययन गरेर पुस ९ गते काठमाडौं फर्केको छानविन टोलीले सात दिनभित्र सत्य तथ्य प्रतिवेदन पीडितलाई उपलब्ध गराउने आश्वासन दिए पनि हालसम्म गुपचुप राखेको भन्दै मृतकका पिता हरिबहादुर ऐडीले प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्दै कालिकोटका निमिक्त प्रमुख जिल्ला अधिकारी राजकुमार दुलालमार्फत् गृह मन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन्।
ऐडीले छोटोभन्दा छिटो छानविन प्रतिवेदन सार्वजनिक नभए कडा आन्दोनमा उत्रने समेत चेतावनी दिएका छन्।

साथै गृह मन्त्रायको छानविन प्रतिवेदमा चित्त नबुझेमा स्वतन्त्र न्यायिक छानविन समितिको लागि समेत माग गर्ने पीडित ऐडीले बताए। छानविन टोलीले पुस २५ गते सोही घटनाको प्रतिवेदन गृहमन्त्रालयलाई बुझाए पनि हालसम्म सार्वजनिक गरेको छैन।