चमेलियाको १५ मेगावाट

0
Shares

दार्चुला । शैल्यशिखर नगरपालिका–१ बलाँचमा निर्माण भएको चमेलिया जलविद्युत् आयोजनाले शुक्रबार १५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडेको छ ।

२ युनिट रहेको ३० मेगावाट क्षमताको आयोजनाको एउटा युनिट अर्थात १५ मेगावाट बिजुली नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको आयोजना प्रमुख अजयकुमार दाहालले बताए ।

आयोजनाले २३ नोभेम्बरबाट १३२ केभि प्रसारण लाइन चार्ज गरेको थियो भने जनवरी १४ देखि १७ सम्म लोड रिजेक्सन टेस्ट गर्ने छ । आयोजनाले पिक आवरमा चाँडै राष्ट्रिय प्रसारणलाई विद्युत् दिने तयारीसमेत गरेको छ ।

आयोजनामा सशस्त्रको सुरक्षा
चमेलिया जलविद्युत आयोजनाको सुरक्षार्थ खटिएको ३५ नेपाली सेना शुक्रबार ब्यारेक फर्किएको छ । सशस्त्र प्रहरी बलका डिएसपी श्याममणि ढकालको नेतृत्वमा सशस्त्रको ५० जनाले सुरक्षा दिने भएको छ ।