गोरखामा मनाइयो पृथ्वी जयन्ती

0
Shares

नेपाल समाचारपत्र
गोरखा
नेपाल एकीकरणका नायक गोरखाका राजा पृथ्वीनारायण शाहको २८६औं जन्मजयन्ती गोरखामा पनि मनाइएको छ। पृथ्वी जयन्ती मूल आयोजक समितिले विभिन्न कार्यक्रम गरी मनाएको हो। पृथ्वीनारायण शाहसम्बन्धी लेखिएका प्लेकार्ड, पृथ्वीनारायण शाहको तस्वीर र बाजागाजासहितको र्यालीले गोरखा बजार परिक्रमा गरिएको थियो।

सो र्याली गोरखाको तल्लो दरबारस्थित पृथ्वीनारायण शाहको शालिक रहेको स्थानमा सभाको आयोजना गरेको थियो। कार्यक्रममा बोल्दै वक्ताहरूले पृथ्वीनारायण शाहको महिमा र तत्कालीन राज्य एकीकरणको महŒव दर्शाएका थिए।

यस वर्ष सरकारले पृथ्वीज यन्तीलाई राष्ट्रिय पर्वको रूपमा मनाउने निर्णयको स्वागत गर्दै उनीहरूले आउँदा वर्षहरूमा पनि यसरी नै मनाउन पाउनुपर्नेमा जोड दिएका थिए।