जंगली अर्नाले सप्तरीका वासीन्दा तनावमा

0
Shares

शिवहरीप्रसाद भट्टराई, राजविराज ।
कोशी टप्पु वन्यजन्तु आरक्षवाट निस्केको अर्नाले आक्रमण गर्दा वुधवार सप्तरीको सप्तकोसी नगरपालिका–५ सदा वस्तिका ५० वर्षिय झपड सदा घाईते भएका छन् ।

वाख्रालाई घाँस काट्न गएका वेला वाँसघारीमा वसेको अर्नाले सदालाई आक्रमण गरेको थियो । खुट्टाको विभिन्न भाग तथा पेटमा गम्भिर चोट लागेर अस्पताल भर्ना गरिएको स्थानीयवासी गिता पौडेलले जानकारी दिईन् ।

सदाको अवस्था चिन्ताजक रहेको उनले जानकारी दिईन् । आरक्षवाट निस्ने हात्ती, अर्ना लगायतका जंगली जनावरको आक्रमणवाट सप्तरीमा हरेक वर्ष सर्वसाधारण्को ज्यान जाने गरेको छ ।