काग्रेस प्रवक्तामा विश्वप्रकाश शर्मा

0
Shares

काठमाडौं । नेपाली काग्रेसका सभापति शेरवहादुर देउवाले पार्टी प्रवक्तामा केन्द्रिय सदस्य विश्वप्रकाश शर्मालाई मनोनित गर्नुभएको छ ।

सभापति देउवाले पार्टी विधानको धारा २४ (३) बमोजिम सोमबार शर्मालाई प्रवक्ता पदमा मनोनयन गर्नुभएको काग्रेस केन्द्रिय कार्यलयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ ।

विधानमा सभापतिले पार्टीका पदाधिकारी एवं सदस्यहरुमध्यबाट प्रवक्ता तोक्ने वा मनोनयन गर्ने व्यवस्था गरिएको छ ।