६ हजारले नासुको जागिर चट !

0
Shares

भक्तपुर । ६ हजार रुपैयाँका कारण भूमिसुधार कार्यालय भक्तपुरका नायब सुब्बा राजु गौतमको जागिर नै संकटमा पर्ने भएको छ ।

जग्गाधनी दर्ता प्रमाणपुर्जाको मोहीको नाम लगत कट्टा गर्ने भन्दै सेवाग्राहीसँग ६ हजार रुपैयाँ घुस लिएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नासु राजु गौतमलाई छ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको छ । गौतमलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसूर गरेको आयोगले जनाएको छ ।

उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम जरिवाना र कैद सजायका लागि विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको छ ।