योगेशको चुनावि खर्च १७ लाख १७ हजार (खर्च विवरण सहित)

0
Shares

रविन भट्टराई, ताप्लेजुङ । नेकपा एमालेका केन्द्रिय सचिव तथा ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा संसद योगश भट्टराईले आफ्नो निर्वाचन खर्च विवरण निर्वाचन कार्यालय ताप्लेजुङमा बुझाएका छन् ।

निर्वाचन प्रतिनिधि चित्रगुप्त साँवा मार्फत जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङमा बुझाएको खर्च विवरणमा उनको १७ लाख १७ हजार ५ सय रुपैयाँ खर्च भएको उल्लेख गरीएको छ ।

जसमा सबै भन्दा बढि गोष्ठि र कार्याकर्ता परीचालनमा खर्च भएको पाईएको छ भने त्यस पछि कार्यालय सञ्चालनमा खर्च भएको देखिएको छ । गोष्ठि र कार्याकर्ता परीचालनमा ६ लाख र कार्यालय सञ्चालन खर्चमा ३ लाख ५० हजार खर्च भएको विवरण निर्वाचन कार्यालयमा बुझाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

त्यस पछि सवारी साधनमा ३ लाख, प्रतिनिधि परीचालनमा १ लाख ४० हजार खर्च भएको विवरणमा उल्लेख गरीएको छ । अन्य खर्च लाख भन्दा कम देखिएको छ । भट्टराईको खर्च विवरण पुस २० गते बुझाएको जिल्ला निर्वाचन अधिकारी ठाकुरले जानकारी दिनुभयो ।

भट्टराईको सबै भन्दा कम खर्च मतदाता नामावलि खरीदमा २ हजार ५ सय र प्रचारप्रशार, छापा एवं विद्युतिय माध्यममा ४० हजार मात्र खर्च भएको विवरणमा उल्लेख गरीएको छ ।

प्रतिस्प्रधि नेपाली काँग्रेशका उम्मेदवार केसव प्रसाद दाहालको खर्च भन्दा योगेशको खर्च करीब दुई लाखले बढि देखिएको छ । दाहालले निर्वाचन कार्यालयमा बुझाएको खर्च विवरण अनुसार उनको १५ लाख ९३ हजार निर्वाचनमा खर्च भएको छ ।

दाहालले बुझाएको विवरण अनुसार दाहालको पनि गोष्ट र कार्यकर्ता परीचालनमा ६ लाख ५० हजार, कार्यालय सञ्चालनमा ३ लाख ५० हजार र सवारीसाधनमा २ लाख ५० हजार, प्रतिनिधि परीचालनमा १ लाख १५ हजार खर्च भएको छ । अन्य खर्च लाख भन्दा कम रहेको छ । दाहालले भने पुस २३ गते खर्च विवरण बुझाएका थिए ।

निर्वाचन आयोगले प्रतिनिधसभाका प्रत्यक्ष तर्फका उम्मेदवारले अधिकतम् २५ लाख तथा समानुपातिक उम्मेदवारले अधिकतम् २ लाख सम्म खर्च गर्न पाउने गरी उम्मेदवार खर्च सिमा निर्धारण गरेको छ । यस्तै प्रदेशसभाका प्रत्यक्ष तर्फका उम्मेदवारले अधिकतम् १५ लाख तथा समानुपातिक उम्मेदवारले अधिकतम् १ लाख ५० हजार सम्म खर्च गर्न पाउने व्यवस्था आयोगले गरेको छ ।