धौलागिरीका ९ सांसद बागलुङमा

0
Shares

सिर्जना पन्त, बागलुङ । धौलागिरीका नौ जना सांसद मंगलबार बागलुङमा एकसाथ देखिएका छन् । ‘हाम्रो अभियान लोक संस्कृतिको संरक्षण श्रस्टाको सम्मान नब प्रतिभाको प्रोत्साहन’ भन्ने नाराका साथ राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान नेपाल अञ्चल समन्वय समितिले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा सहभागि हुन बागलुङ सहित पर्वत, म्याग्दी र मुस्ताङबाट प्रतिनिधीसभा र प्रदेसभामा निर्वाचित सांसदहरु एकैठाउँ जम्मा भएका हुन् । बागलुङमा सम्पन्न भएको छ ।

प्रतिष्ठानले बागलुङ क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका सांसद डाक्टर सुर्य पाठक, क्षेत्र नम्बर २ का सांसद देबेन्द्र पौडेल, पर्बत जिल्लाका प्रतिनिधि सभा सांसद पदम गिरि, म्याग्दी जिल्लाका प्रतिनिधि सभा सांसद भुपेन्द्र खड्का, प्रदेश सभा सांसदहरू चन्द्रबहादुर बुढा, नेत्र अधिकारी, बिनोद केसी, नरदेबी पुन, ईन्द्र धारा बिष्टलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रतिनिधि सभाका सांसद देबेन्द्र पौडेलले जनताहरुबाट प्राप्त भएको जनमतलाई कदर गर्दै निर्वाचन आयोग र सरकारले छिटो मत परिणाम सार्वजनिक गर्नुपर्ने बताउनुभयो । आगामी दिनमा गठन हुने सरकारबाट कलाकारिता क्षेत्रको लागि सहयोग गर्ने बाताबरण बनाउन आफुले भुमिका खेल्ने बताउदैँ पुरानो संस्कृतिको जगेर्ना संगै अगाडी बढ्न आग्रह गर्नुभयो ।

कार्यक्रममा पर्बत उद्योग बाणिज्य संघका अध्यक्ष हरिओम लामिछाने, नेपाल पत्रकार महासंघका अध्यक्ष दिल शिरीष, राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानका केन्द्रीय सदस्य जीवन दाहालले अब बन्ने नीति निर्माणमा कलाकारका हक अधिकार पनि समावेश गर्नुपर्ने बताउएका थिए । कार्यक्रम राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान धौलागिरिका अध्यक्ष राजेन्द्र सापकोटाको अध्यक्षता, बरिष्ठ उपाध्यक्ष कृष्ण अखेलीको स्वागत र महासचिव पुर्ण परियारको सञ्चालनमा सम्पन्न भएको थियो ।