जोखिममा रहेकोहरुको जीवन रक्षा गर

0
Shares

शिवहरीप्रसाद भट्टराई, राजविराज । जिल्ला दैवी प्रकोप उद्दार समिति सप्तरीले शीतलहरका कारण जोखिममा रहेकोहरुको जीवन रक्षा र उद्दारका गम्भिर भएर लाग्न सरोकारवालालाई निर्देशन दिएको छ ।

समितिका संयोजक समेत रहेका सिडिओ भागीरथ पाण्डेयको अध्यक्षतामा वसेको सरोकारवाला सहितको वैठकले चिसोका कारण जनधनको क्षती भएको र जनजिवन कष्टकर भएको भन्दै यस्तो निर्देशन जारी गरेको हो ।

वैठकमा शितलहरका कारण थप मानवीय क्षति हुन नदिनका लागि प्रमुख जिल्ला अधिकारी पाण्डेयले आ–आफ्नो क्षेत्रमा गम्भीरतापुर्वक लाग्न आग्रह गरेका थिए । शितलहर पीडितका लागि विभिन्न क्षेत्रवाट हालसम्म भएका प्रयासका विषयमा सिडिओले चासो राखेका थिए ।

उनले शीतलहर पीडित दलित र विपन्न समूदायका नागरिकहरुका लागि तत्काल न्यानो कपडा, कम्वल, दाउरा वाड्न स्थानीय तहका प्रमुख तथा पदाधिकारीहरुलाई आग्रह समेत गरेका छन् । यसैगरी, आवश्यक उपचारसहितका स्वास्थ्यकर्मीहरुको टोली सम्वन्धित क्षेत्रमा पठाउन पनि निर्देशन दिए ।

वैठकमा नेपाल प्रहरीका, सशस्त्र प्रहरी, नेपाली सेना लगायत सुरक्षा निकायका प्रमुखहरु, १८ वटै स्थानिय तहका कार्यकारी अधिकृत, स्थानीय तहका प्रमुखहरु, जिल्ला जनस्वास्थ्य कार्यालय, रेडक्रस सोसाईटीका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता थिए ।