सडकमा डा.केसीका समर्थक(फोटोफिचर)


मनोज रेग्मी काठमाडौँ ।

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीलाई प्रक्राउ गरिएको विरोधमा राजधानीको माइतीघर लगायतका अन्य ठाउँमा प्रदर्शन गरिएको छ । अदालतको अवहेलना मुद्दामा प्रा डा. केसी पक्राउ पर्नुभएपछि उहाँको समर्थनमा विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता तथा सर्वसाधारण सडकमा उत्रिएका छन् । अहिले सबैको ध्यान त्यसतर्फ तानिएको छ ।

‘सोलिडारिटी फर डा केसी एलायन्स’ को अगुवाइमा प्रदर्शनमा उत्रिएका समर्थकले ‘डा केसी एक्लो छैन’, ‘हामी तिम्रा साथ छौँ’, ‘म पनि गोविन्द केसी मलाई पनि पक्राउ गर’, ‘केसीलाई कष्ट माफियालाई अनिष्ट’, ‘सर्वोच्च अदालतलाई सम्मान भ्रष्टलाई दण्ड’ लगायतका प्लेकार्ड बोकेर नारा लगाइरहेको दृष्य स्पस्ट देख्न पाइन्छ ।
तस्विरः उज्जल डंगोल
डा. केसीलाई तुरुन्त रिहाइ गर्नुपर्ने माग गर्दै उनका समर्थक सडकमा उत्रिनुभएका नयाँ शक्ति नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निष्ठाको लडाईं लडिरहेका सादगी व्यक्तिलाई प्रक्राउ गर्नु आपत्तिजनक भएको बताएका छन् । सग्रम स्वास्थ्य र शिक्षाको सुधारमा लागेका व्यक्तिलाई यसरी हतारमा अवहेलना मुद्दा लगाउनु उचीत नरहेको भट्टराई कुनै कारण नभई, पक्राउ गरेर कारबाहीतिर जानुभन्दा उहाँबाट उठाइएका मागका सम्बन्धमा छानबिन गर्नु नै उपयुक्त हुने बताउँछन उनका समर्थक मण्डल ।

तस्विरः उज्जल डंगोल
साथै उनको समर्थनमा उत्रीयका पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले डा. गोविन्द केसीलाई लागाइएको आरोप स्वीकार गर्दैनन् । उनी पनि सडकमै उत्रिएर भन्छन् यही आरोप हामीलाई पनि लागइयेस हामी सबैलाई सोही आरोपमा पक्राउ गर्नुपर्ने जस्ता भनाई प्रस्तुत गर्नुभयो । उनी भन्छन्, “ श्रीमान् यदि सत्यका लागि बोल्दा डा. केसीलाई मानहानी मुद्दा लाग्छ भने हामीलाई पनि मानहानी मुद्दामा प्रक्राउ गरियोस्, सबैभन्दा बढी सम्मान अदालतप्रति हुनुपर्छ भन्ने मान्यतामा धावा बोलिएकाले विरोध गरिएको हो, जुन अदालतको विरोधमा होइन, सम्मानका लागि हो ।”

तस्विरः उज्जल डंगोल
त्यती मात्रै नभई हालसालै स्थापीत विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले पनि सर्वोच्च अदालतले तत्काल कारबाहीका लागि आदेश जारी गरेका कपितय मुद्दा राजनीतिका कारण कारबाही अघि बढाउन नसक्नु तर स्वच्छ छविका डा. केसीलाई भने कारबाही गर्नु स्वीकार्य नहुने बताउँछन्। यस विषयमा चर्को विरोध प्रदर्शन गर्दै उनी भन्छन् “उहाँलाई रिहा गर्नै पर्छ, उहाँले लगाएका आरोपका बारेमा छानबिन हुनैपर्छ, अदालतबारे सबैलाई यही लागेको हो जुन डा. केसीले बोल्नुभयो । ”साथै डा. केसीलाई तत्काल रिहा गर्न वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले पनि माग गरेका छन् ।

उक्त संस्थानको चार वर्षअघिको डिन पुनःबहाली सम्बन्धी सर्वोच्च अदालतले गत आइतबार गरेको आदेश न्यायसंगत नभएको भन्दै प्रा डा केसीले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै सोमबारबाट अनिश्चित आमरण अनशन शुरु गर्नुभएको थियो । प्रधानन्यायाधीशको राजीनामा र उहाँले गरेका कामबारे छानबिन गर्न माग गरेपछि उहाँलाई अदालतको अपहेलना गरेको आरोपमा प्रक्राउ गरिएको थियो ।