धेरै राहत सामाग्रीहरु जलाइयो, बचेको राहत बितरण गर्ने निर्णय

0
Shares

शालिकराम चालिसे, नुवाकोट ।
जिल्ला विपद व्यवस्थापन समिति नुवाकोटको सोमबार बसेको बैठकले जिल्लामा बाँकि रहेको भुकम्पपिडित राहत समाग्रीहरु बितरण गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको व्यवस्थापन समितिले राहात सामाग्रीहरु मेघाङ गाउँपालिका,तादि गाँउपालिका र विदुर नगरपालिकामार्फत राहात समाग्री वितरण गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यलय नुवाकोटका प्रशासकिय अधिकृत नन्दलाल शर्माले जानकारी दिनुभयो ।

यसअघि भुकम्पपिडितहरुलाई बाँड्न भनेर ल्याइएको म्याद गुज्रेका सामाग्री तथा लत्ताकपडाहरु करिव २ करोड बराबरको राहात समाग्री जलाएर नष्ट गरिएको थियो । तत्कालीन समयमा प्रशासन र राजनीतिक दलबीच वितरण स्थान छनोट सम्बन्धमा उत्पन्न विवादले राहत सामग्री थन्क्याइएको थियो ।

भूकम्पपीडितलाई वितरण गर्न जिल्लामा आएको राहत सामग्री विदुरस्थित इलम प्रशिक्षण केन्द्रमा भण्डारण गरिएको स्थानबाट सुरक्षित व्यवस्थापन गरि म्याद गुज्रेका सामान जलाईएको शर्माले जानकारी दिनुभयो ।

पीडितलाई वितरण गर्न ल्याएको राहत सामग्री तत्कालीन समयमा वितरण स्थानको छनोटमा उत्पन्न विवादले थन्क्याएको ३२ महिनापछि गत आइतबारबाट सुरक्षित व्यवस्थापन तथा म्याद गुज्रेका तथा बिग्रका समाग्रीहरु जलाएर नष्ट गरिएको थियो । भण्डारण गरिएको राहत वि.सं २०७२ को वैशाख र जेठ महिनामा प्राप्त भएको थियो ।