भारतमा बेवारिसे नेपाली

0
Shares

विनोद सिंह विष्ट, बैतडी । भारतको बेङ्लोरमा एक नेपाली बृद्ध सोमवार बेवारिसे अवस्थामा फेला परेका छन् ।
छोरासंगै दुई महिना अगाडी मजदुरीका लागी भारत गएका बैतडीको पुर्चौडी नगरपालिका भुमिराज तिरकाली घर बताउने ६० बर्षिय मन्नो साँउद बेङ्लोरको लालबाग गेटमा फेला परेका भारतवाट नरेस महराले टेलिफोनमार्फत जानकारी दिनुभयो ।
मानसिक अवस्था ठिक नभएका मन्नो दुई महिनादेखि घरपरिवारको सम्पर्क बाहिर रहेकामा आज बेवारिसे अवस्थामा फेला परेका हुन् । उहाँले भन्नुभयो “घरपरिवार खोज्दै बेवारिसे अवस्थामा सडकमा देखा परेका मन्नोलाई हामीले नियन्त्रणमा लिएका हौंैंं ।”
मन्नो अहिले आफुहरुसंग रहेकोले उहाँलाई नेपाल पठाउन तयारी भईरहेको महराले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “नेपाल पठाउनलाई आर्थिक संकलनमा जुटेका छौं ।”