ओझेलमा त्रिकुटेश्वर मन्दिर

0
Shares

सरिता चलाउने, सल्यान । जिल्लाको कालिमाटी गाउँपालिका वडा न १ देउरालीकोटमा रहेको त्रिकुुटेश्वर मन्दिर प्रचार प्रसारको अभावमा ओझेलमा पर्दै गएको छ । स्थानीयबासी, स्थानीय निकाय तथा सम्बन्धित निकायले वेवास्ता गर्दा ऐतिहासिक त्रिकुटेश्वर मन्दिर आवश्यक प्रचार प्रसारको अभावमा ओझेलमा परेको हो ।
सतिदेविको वाँया करंग पतन भएको विश्वास गरिने सो ठाउँमा विभिन्न सम्पदाको संरक्षण नहुँदा चोरी तथा तोडफोड समेत हुदै आइरहेको छ । संरक्षण अभावका कारण सतिदेविका करंग तोडफोड हुदै आइरहेको त्रिकुटेश्वर कमलाक्ष्य क्षेत्र विकास संरक्षण समितिका अध्यक्ष तुल्सीराम वलीले बताउनुभयो । उहाँले भन्नु भयो स्थानीयबासी, प्रशासन लगायत सम्बन्धित निकायले चासो नदिदा सतिदेविको बायाँ करंग पतन भएको मन्दिर संकटमा पर्नुका साथै ओझेलमा परेको छ ।
सतिदेविको वाँया करंग पतन भएको भनेर स्कन्द पुराण, स्वस्तानी ब्रतकथामा समेत उल्लेख गरिएको उहाँले बताउनु भयो । स्कन्द पुरण र स्वस्थानी ब्रतकथामा यस ठाउँको नाम उल्लेख गरिए पनि आवश्यक प्रचार प्रशारको अभावमा ओझेलमा पर्दै आइरहेको वलीको भनाई रहेको छ ।
मन्दिर वरपर तारजाली लगाएर संरक्षण गर्नु पर्ने भएपनि कही कतैबाट सहयोग हुन नसक्दा समस्या भएको स्थानीय शसिराम थापाले बताउनु भयो । शिवरात्रीको दिन ठुलो मेला लाग्ने यस स्थानमा भक्तजनलाई सहज ढंगले पुजापाठ गर्न समस्या हुने गरेको उहाँको भनाई रहेको छ ।
उक्त मन्दिरमा पुजापाठ गरे आयुवृद्धि हुनुका साथै सन्तान प्राप्ती हुने जनविश्वास रहि आएको छ । शिवरात्रीको दिन लाग्ने मेलामा छिमेकी जिल्ला, दांग, रोल्पा, रुकुम, बाँके, बर्दिया, सुर्खेतबाट ठुलोमात्रामा भक्तजनहरु आउने गर्दछन् ।