आन्दोलनकारीले गरे दीपायल बजार सरसफाई

0
Shares

विमल विष्ट, डोटी । डोटीको प्रमुख ब्यापारी केन्द्र दीपायल पिपल्ला बजारमा आज सरसफाई गरिएको छ । दीपायल राजधानी माग्दै आन्दोलनकारीहरुले बजारमा टायर बाल्नुका साथै ठाउ ठाउमा ढुंगा,मुडा राखेका कारण बजार फोहर भएको भन्दै स्थानियबासी तथा आन्दोलनकारीहरुले आज सोमबार आफै दीपायल स्थित पिपल्ला बजार सरसफाई गरेका छन् ।

त्यस्तै स्थानियहरुले बजारमा ढुंगा मुडा राखेर लगाईएको पर्खाल समेत हटाईएका छन् । दीपयाल सिलगढी नगरपालिकाको दमकल लगायर पानी छर्किदै स्थानियले बजार सरसफाई गरेका हुन् । स्थानियले बजार सफाई गरेपछि अहिले यहाँको बजार सफा र सुन्दर देखिएको छ ।

त्यस्तै आन्दोलनकारीहरुले दीपायल राजधानी माग्दै बिगत ६ दिन देखी बिद्यालय,कलकारखाना,उद्योग तथा सरकारी कार्यालय बन्द गराएा छन् । सोमबार गरिएको बजार सरसफाई र ढुंगा मुडा हटाउने अभियान संगै आन्दोलनको स्वरुप पनि केही परिवर्तन गरिनुका साथै बन्द गरिएका सबै चिज बिस्तारै खोलिने योजना रहेको आन्दोलनका अगुवा तथा डोटी उद्योग बाणिज्य संघका अध्यक्ष नरेन्दै्र खड्काले बताउनु भयो ।

उहाँले भन्नु भयो ‘बन्द हड्ताल मात्रै समस्याको समाधान होईन,हामी आन्दोलनको स्वरुप परिर्वतन गरी नयाँ ढंगबाट दबाब मुलक कार्यक्रम लिएर आन्दोलनमा उत्र्रिने छौ ।’