पत्रकार ढकाललाई प्रताप स्मृति पत्रकारिता पुरस्कार

0
Shares

काठमाडौं । नेपाल पत्रकार मञ्चले यस वर्ष प्रताप स्मृति पत्रकारिता पुरस्कारले पत्रकार यज्ञ ढकाललाई पुरस्कृत गरेको छ । नेपाली जनता अनलाइनका सञ्चालक सम्पादक ढकाललाई मञ्चले आयोजना गरेको विषेश कार्यक्रममा रक्षा मन्त्री भीमसेनदास प्रधानले उक्त पुरस्कार ढकाललाई प्रधान गरेका हुन् ।

पत्रकार योगेन्द्र प्रताप शाहीद्वारा आफ्ना पिताको नाममा स्थापना गरिएको उक्त पुरस्कारको राशी १५ हजार रहेको छ ।

पत्रकार ढकालले आफ्नी माताको नाममा सीता ढकाल स्मृति पत्रकारिता पुरस्कार स्थापना गर्दै सो समारोहमा घोषणा समेत गरेका छन् । उक्त पुरस्कारको राशी २० हजार हुने पत्रकार ढकालले समारोहमा बताएका थिए ।

पुरस्कृत ढकालले सम्मान र पुरस्कार गहण गर्दै पुरस्कारको राशी नेपाल पत्रकार मञ्चको विकास, पत्रकारहरुलाई तालिम र अन्य अतिरिक्त क्रियाकलापलाई सहयोग पु¥याउन नगद १५ हजार कार्यक्रमका प्रमुख अतिथी रक्षा मन्त्री भीमसेनदास मार्फत मञ्चका अध्यक्षलाई समर्पण गरेका छन् ।