नगरवासीलाई न्यानो पार्दै नगर प्रमुख सरावगी

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज । अत्याधिक चिसोका कारण वीरगन्ज नगरवासीकै दैनिकी कष्टकर बनेपछि नगर प्रमुख (मेयर) विजय कुमार सरावगी आफै नगरवासीलाई न्यायो प्रदान गर्न जुटेका छन् ।
उनले सोमबार नगरका विभिन्न वडाहरुमा विभिन्न सामाजिक संघ(संस्थाहरु संग सहकार्य गरि विपिन्न वर्गमा कम्बल वितरण गरेका छन् । क्याल समुह नेपालको आर्थिक सहयोग वीरगन्ज महानगरपालिकाका नगर प्रमुख (मेयर) विजय कुमार सरावगीले महानगरको वडा नम्बर ३ छपकैया, वडा नम्बर १४ पिपरा र वडा नम्बर २५ सिरिसियाको चारवटा स्थानमा विभिन्न विपिन्न वर्गका व्यक्तिहरुलाई कम्बल वितरण गरेका हुन् । जाडो र शीतलहरका कारण वीरगन्जका विभिन्न स्थानहरुमा जनजीवन प्रभावित हुन थालेपछि त्यो अवस्थालाई मध्यनजर गर्दै वीरगन्ज महानगरपालिकाको कार्यालयले कम्बल वितरण शुरु गरेको मेयरका सरावगीका सचिवालयका स्वकीय सचिव तबरेज अहमदले जानकारी गराए ।
’जाडोले सर्वसाधारणको जनजीवन प्रभावित हुने भएका कारण त्यो अवस्थालाई मध्यनजर गरेर हामीले कम्बल वितरण गरेका हौँ,’ मेयर सरावगीका राजीतिक सल्लाहाकार मुकेश द्विवेदीले भने, ’वीरगन्ज महानगरपालिकाका सम्पूर्ण वडाहरुमा लगभग २ हजार ५ सय परिवारहरुलाई कम्बल वितरण गर्ने हामीले लक्ष्य लिएका छौं ।’ उनले भने ।
कम्बल वितरण कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष बैजु साह सोनार, वडा नम्बर १४ का वडा अध्यक्ष भारत कुर्मी, वडा नम्बर २५ को वडा अध्यक्षका बिश्राज पटेल, विभिन्न वडा सदस्यहरु लगायत अन्यको उपस्थिति रहेक थियो । नगरवासीलाई जनताको प्रतिनिधि नगरमा रहेको अनुभूति दिलाउनका लागि पनि आफूले आफ्नै अग्रसतामा न्यायो कपडा बितरण गरेको मेयर सरावगीले बताए ।