सिलगुडीमा पनि खुल्यो निलको स्टुडियो

0
Shares

निलको हेयर स्टाइलिस्ट निल डेभिड कटुवालले आफ्नो मेकअप स्टुडियोलाई भारतको वेस्ट बंगालस्थित सिलगुडीमा समेत विस्तार गरेका छन्। केही वर्षदेखि सिलगुडीमा हेयर सैलुन सञ्चालन गर्दै आएका डेभिडले त्यहाँ एनडीके मेकअप स्टुडियो तथा एकेडेमी पनि विस्तार गरेका हुन्। उनको एनडीके मेकअप स्टुडियो तथा एकेडेमीको एक समारोहबीच उनकै आमा तुलसा सिलवालले शुभारम्भ गरेकी हुन्।

कार्यक्रममा निलले आफ्नो मेकअप स्टुडियो र एकेडेमी सन् २०१६ मा काठमाडौं र झापाको बिर्तामोडबाट सञ्चालनमा ल्याएको जानकारी गराउँदै सिलगुडीका सौन्दर्य पारखी तथा सेलिब्रेटीको मागबमोजिम त्यहाँ पनि मेकअप स्टुडियो र एकेडेमी सञ्चालनमा ल्याइएको बताए। निलले थाइल्याण्ड, नयाँ दिल्ली, सिंगापुर र थाइल्याण्डका स्थापित हेयर स्टाइलिस्ट तथा मेकअप आर्टिस्टहरूका साथ हेयर स्टाइल र मेकअपसम्बन्धी तालिम र अध्ययनपछि नेपालमा आएर यी विधामा काम गर्न थालेका हुन्। विभिन्न नेपाली सेलिब्रेटीलाई हेयर स्टाइलमार्फत् नयाँ लुक्स प्रदान गर्दै नेपाल र भारतका विभिन्न स्थानमा हेयर सैलुन सञ्चालन गरी पहिलो नेपाल आइडलको हेयर स्टाइलिस्ट तथा मेकअप आर्टिस्टसमेत रहेका निलले झापाको लक्ष्मीपुरस्थित जन्मथलोमा एसियाकै ठूलो हेयर एकेडेमीसमेत सञ्चालनमा ल्याउन लागेका छन्। उनका अनुसार आगामी वैशाख ८ गते शिलान्यास हुने यो एकेडेमी ४ तलाको हुनेछ। सिसै सिसाबाट बन्ने भवनमा विश्वका उत्कृष्ट ब्रान्ड र हास्टलको सुविधासमेत उपलब्ध हुनेछ।

उनले मुम्बईको स्वस्ती मेनेमजेन्ट कम्पनीसँग भारतका विभिन्न शहरमा आफ्नो १ सय ब्रान्ड फ्रेन्चाइजी सञ्चालन गर्ने गरी सम्झौता गरेका छन्। जसअनुसार आसामको गुहाटीमा फ्रेन्जाइजी सञ्चालनमा ल्याइसकेका छन् भने आगामी १६ जनवरीमा बलिउडका बिग बी अमिताभ बच्चनको नगरी अलाहवादमा अर्को फ्रेन्चाइजी सञ्चालनमा ल्याउने तयारी गरेका छन्। यसका साथै वाराणासी, लखनउ, बेंगलोर र नया” दिल्लीमा समेत फ्रेन्चाइजी सञ्चालनमा आउने उनले बताए।