दुर्गाप्रसाद शर्मा, पर्वत ।
पर्वत जिल्लामा सुरक्षित रुपमा गर्भपतन गराउनेहरुको संख्या बढ्न थालेको छ ।
मान्यता प्राप्त स्वास्थ्य संस्थामा पुगेर सुरक्षित गर्भपतन गराउनेहरु अघिल्ला बर्षमा भन्दा बढी भेटिएका हुन ।
जिल्ला जनस्वास्थ्य कार्यालय पर्वतको परिवार नियोजन शाखाका अनुसार आर्थिक बर्ष २०७३०७४ मा १ हजार १ सय ५४ जनाले सुरक्षित गर्भपतन गराएका छन । प्रजनन स्वास्थ्य सचेतनाको अभावका कारण गर्भपतन गराउनेहरुको संख्या वर्षेनि थपिदै गइरहेको छ । गत बर्ष २०७२/०७३ को एक वर्षको अवधिमा पर्बतमा झण्डै एक हजार जनाले गर्भपतन गराएको भएपनि यस बर्ष भने गर्भपतन गराउनेको सख्या बढेको परिबार स्बाथ्थ कार्यक्रमको फोकल पर्सन सीमा कंबरले जानकारी दिनुभयो ।
जसमा १५ देखि ४० वर्ष उमेर समुहका महिलाहरुले गर्भपतन गराएका छन् । जिल्लाभित्र रहेका बिभिन्न स्बास्थ सस्थाबाट गरी ११ सय ५४ जनाले गर्भपतन गराएका छन् । त्यसमध्ये सबैभन्दा धेरै जिल्ला अस्पताल पर्बतबाट गर्भपतन गराउनेको सख्या बढी देखिएको छ भने, अन्य स्बास्थ चौकीबाट पनि गर्भपतन गराउनेको सख्या बढिरहेकोे कंबरले जानकारी दिनुभयो । उहाका अनुसार देबिस्थान स्बास्थ चौकी तथा हुबास स्बास्थ चौकी लगायत अन्य ग्रामिण स्बास्थ संस्थाबाट गर्भपतन गराउने बढेको पाईएको हो । छोरा भएका आमावुबालाई छो री र छोरी छोराको इच्छा होस् वा अनिच्छित गर्भ होस, त्यसको सजिलो माध्यम नै गर्भपतन भएको छ । राज्यले १२ हप्तासम्मको गर्भ गर्भवती महिलाको इच्छानुसार आकस्मिक सेवाको रुपमा मान्यता दिए पनि पछिल्लो समयमा सुरक्षित गर्भपतन संस्कृतिको रुपमा मौलाउदै गइरहेको छ ।
कानूनले सुरक्षितरुपमा तोकिएका स्वास्थ्य संस्थाहरुले गर्भपतन सेवा दिइरहदा गर्भपतनलाई परिवार नियोजनको साधनका रुपमा प्रयोग गर्दा सेवाको दुरुपयोग भएको जिल्ला अस्पताल पर्बतका प्रमुख डाक्टर बुद्धिबहादुर थापाले बताउनुभयो । चेतना र स्वास् थ्य शिक्षाको अभावका कारण भन्दा पनि लापरवाहिका कारण महिलाहरुले गर्भपतनलाई परिवार नियोजनको साधनका रुपमा अपनाएको उहाले बताउनुभयो ।
दोहोरिदै किशोरी
सानै उमेरमा प्रेम विवाह, प्रेम सम्बन्ध र प्रजनन स्वाथ्य चेतनाको अभावका कारण गर्भपतन गराउने किशोरीहरुको संख्या केहि मात्रामा दोहोरिदै आइरहेको परिवार नियोजन संघ पर्बत शाखाले जनाएको छ । स्वाभाविकैले एक पटक रहन गएको अनिच्छित गर्भलाई कानुनीरुपमा पतन गराउने सक्ने कानुनी मान्यता रहे पनि उक्त मान्यता लागु नभएको देखिन्छ । गामीण क्षेत्रका भन्दा शहरी क्षेत्रमा बसोबास गर्ने महिलाहरु दोहोरिने गरेको पाईएको हो । जसका कारण महिलाहरुको स्वास्थ्य जोखिम पनि बढ्दै गइरहेको छ ।
प्रतिक्रिया