राष्ट्रिय गौरबका आयोजनाहरुलाई दिने सामाग्री नै छैन –क्रसर ब्यबसायी

0
Shares

दुर्गाप्रसाद शर्मा, पर्वत
राष्ट्रिय गौरबका सडक र जलबिद्युत आयोजनालाई माग अनुसार निर्माण सामाग्री आपुर्ति गर्न नसकिने पर्वतका क्रसर ब्याबसायीले बताएका छन ।

ढुंगा, गिट्टी, बालुवा जस्ता निर्माण सामाग्रीको अभाब हुँदा राष्ट्रिय गौरबका सडक र जलबिद्युत आयोजनाले निर्माण कार्य प्रभावित भएको गुनासो गरेका बेला क्रसर ब्यबसायीले भने कच्चा पर्दाथ निकाल्न नसकेको भन्दै आपुर्ति गर्न नसकिने बताएका हुन ।

पर्वतमा दुई वटा मात्र क्रसर उद्योग छन । यी उद्योगहरुले जिल्लामा निर्माणको काम गरिरहेका राष्ट्रिय गौरबका आयोजनालाई दिने गरि निर्माण सामाग्री नै नरहेको बताएका छन । पर्वतका खोला नालाबाट आवश्यक मात्रामा कच्चा पर्दाथ निकाल्न नसक्दा ढुंगा, बालुवा, गिट्टी जस्ता निर्माण सामाग्री उत्पादन गर्न नै नसकेको सञ्चालकहरु दाबी गर्छन । बर्षा याममा नदीबाट उत्खनन गरेको सामाग्री बिक्री गरिसेका छन भने हिउँदमा पानीको सतह घटेपछि स्काभेटर प्रयोग गरेर निकाल्न सकेका छैनन ।

जलजला गाउँपालिकाको लस्दीमा सञ्चालित श्री दक्षिणामकाली क्रसर उद्योगका प्रबन्ध निर्देशक बिप्लब हमाल भन्छन ‘नदीबाट स्काभेटर प्रयोग गरि कच्चा पर्दाथ निकाल्न नपाउँदा मज्दुरले निकालेको सामाग्री ठुला आयोजनालाई दिने गरि उत्पादन नै गर्न सकिँदैन’ उनले स्थानिय आवश्यकताका अनुसार नदीबाट स्काभेटर प्रयोग गरेर कच्चा पर्दाथ उत्खनन गर्ने ब्यबस्था नभए सम्म समस्या रहिरहने दाबी गरे ।

‘वातावरणीय रुपमा गलत प्रभाब नपर्ने गरी उत्खनन गर्ने ब्यबस्था भए निर्माण सामाग्री पु¥याउन सहज बनाउन सकिन्छ’ उनले भने ‘प्रहरी, प्रशासन र स्थानिय तहले सहज रुपमा ब्यबस्थापन नगर्दा लुकीछिपी उत्खनन गर्नढढ कठिन हुने भएकाले कच्चा पर्दाथको अभाब भएको हो’ ।

कुस्मा नगरपालिका – १ सहस्रधारामा सञ्चालित कालीगण्डकी क्रसर उद्योगका सञ्चालक रामकृष्ण मल्ल पनि ‘सहज वातावरण’ नहुँदा निर्माण सामाग्रीहरु भने अनुसार पु¥याउन नसेकेको बताउँछन । ‘यस क्षेत्रमा यति ठुला आयोजनाहरु बनिरहेका छन त्यसका लागि पहिलो सर्तको रुपमा रहेका ढुंगा,गिट्टी र बालुवा नै नहुँने अवस्था आउनु भएन’ जलजला गाउँपालिकाका अध्यक्ष समेत रहेका मल्लले भने ‘स्थानिय तहमा यसका लागि सहज वातावरण बन्नुपर्छ ।’