कृष्णउदास खनाल, वीरगन्ज ।
पछिल्ला दिनमा झनै अत्याधिक चिसो बढेपछि पर्सा सहित मध्य तराईका विद्यालयहरु थप चार दिन बन्द गरिएको छ ।
खसगरी चिसो बढेपछि बारा र पर्साका निजी तथा सामुदायिक बिद्यालय बन्द गरिएको हो ।
दुबै जिल्लाका प्रशासनले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । मौसममा सुधार नआएको तथा अत्याधिक चिसो र शितलहरले पठनपाठन सञ्चालन गर्न कठिन भएको पर्साका जिल्ला शिक्षा अधिकारी बरखु प्रसाद रजकले जानकारी दिए ।‘चिसोले बालबालिकाको स्वास्थ्यमा प्रतिकुल असर पर्न सक्ने र पठन पाठनको वातवरण पनि नहुने अवस्था छ’ उनले भने ।
यसअघि चिसो बढेकै कारण पुस १६ गतेदेखि २२ गतेसम्म ६ दिन विद्यालय बन्द गरिएको थियो । त्रैमासिक परीक्षा सञ्चालनको तयारीमा रहेका बिद्यालयहरु ीचसोका कारणम बन्द गर्नुपर्ने भएपछि थप समस्या सृजना भएको वीरगन्ज स्थित होली एन्जल बिद्यालयका संचालक अरबिन्द सिंहले बताए ।
पर्साको छिमेकी जिल्ला बारामा पनि २६ गते सम्मको बाराका सम्पुर्ण बिद्यालय बन्द गर्न निर्देशन दिइएको छ । बाराका जिल्ला शिक्षा अधिकारी लालबाबु प्रसाद साहले बिज्ञप्ती जारी गरी ४ दिनको लागि बर्षे बिदामा कटा हुने गरी बिदा दिन निर्देशन दिएका हुन् ।बिगत आठ दिनदेखि लगातार चलेको शीत तलहरका कारण यहाँको जनजीवन भने निकै प्रभावित भएको छ ।











प्रतिक्रिया