सुष्मालाई ट्यालेन्टको उपाधि

0
Shares

राजधानीको कलंकीमा आयोजित पिनाकल ट्यालेन्ट हन्टको फाइनलमा सुष्मा कार्कीले नृत्यतर्फको सिनियरबाट
ट्यालेन्ट उपाधि जितेकी छन्।

जुनियरबाट आज्ञा अधिकारीले यो उपाधि जितिन्। त्यसै गरी गायन विधाबाट सदीक्षा नेपालले ट्यालेन्टको उपाधि जितिन्। कलाका विविध विधामा भएको ट्यालेन्ट हन्टको फाइनलमा नृत्य विधाको सिनियरतर्फ ९ र जुनियरतर्फ ८ जना गरी १७ जना र गायनमा ३ जना प्रतिस्पस्र्धी थिए। नेपाल डान्स एसोसिएसनका अध्यक्ष भुवनदास श्रेष्ठ र नेपाल चलचित्र नृत्य निर्देशक संघका उपाध्यक्ष तथा रियो छमछमीका निर्णायक महेश गोदारको निर्णायकमा सम्पन्न प्रतियोगिता निमिराज घिमिरेको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो।