आईईएलटीएसको प्रश्नपत्र आउट



काठमाडौं, (नेस)
ब्रिटिस काउन्सिलले लिने आईईएलटीएसको परीक्षामा पास गराइदिने भन्दै प्रश्नपत्र आउट गर्ने एक शिक्षकसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ। ब्रिटिस काउन्सिलका कर्मचारी तथा आईईएलटीएसको प्रश्नपत्र बनाउने शिक्षकलाई नै पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक रामदत्त जोशीले जानकारी दिनुभयो।

व्यक्ति १ लाखदेखि २ लाखसम्म दिएर प्रश्नपत्र आउट गरेको देखिएको छ। यसमा संलग्न रहेका अन्यको समेत खोजी गरिरहेको एसपी जोशीले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो। शनिबारको आईईएलटीएस परीक्षाको मिति तोकिएको थियो तर प्रहरीले शुक्रबार राति प्रश्नपत्र बरामद गरेको थियो।

प्रतिक्रिया दिनुहोस्